Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड:१९ माहामारी : नर्सको करुणामय भूमिका

  |      12:45:00   |  
कोभिड:१९ माहामारी : नर्सको करुणामय भूमिका

►निरु केसी

असार ४, काठमाडौँ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणले अहिले विश्व नै आक्रान्त बनेको छ। र, कतिले यसलाई तेस्रो विश्वयुद्ध पनि भनेका छन्। यो लडाईंमा बिनास्वार्थ अहोरात्र सेवारत भई खटिनुभएका स्वास्थ्यकर्मी, चिकित्सक लगायत सम्पूर्ण नर्सहरुमा नमन।

अशान्तिका विरुद्ध सैनिक लडेझैं कोभिड-१९ जस्तो माहामारी विरुद्ध लडिरहेका छन् नर्स। यस्तो विषम परिस्थितिमा आफ्नो जिम्मेवारी सम्झेर त कहिले आफ्नो पेसागत धर्मप्रतिको दायित्व सम्झेर, कहिले आत्मबलले आफ्नो परिवार नभनी, रातदिन नभनी आफ्नो इच्छा यथावत् राखी ज्यानको बाजी राखेर खटिरहेका छन्, डटिरहेका छन् र लडिरहेका छन् रास्ट्रप्रेमी नर्सहरु।

कुनै बेला छोरीलाई नर्स पढाउनु हुन्न, छोरी बिग्रे नर्स छोरा बिग्रे पुलिस भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाज आज यस पीडादायी घडीमा नर्सहरुले गरेको सेवाप्रति नतमस्तक भएको छ। आफ्नो जीवनलाई तिलान्जली दिएर सेवा गरिरहेका एउटा कोरोनासँग लडिरहेको बिरामीलाई निद्रा, थकान, भोक, प्यास नभनी आफ्नो जिन्दगी जोखिममा  राखेर उपचार गरिरहेका छन्। यस्तो बेला धेरै कोरोना बिरामीहरु हेर्नुपर्ने हुँदा एकबाट अर्कोमा पनि सर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि कसैको जीवनमा खुसी ल्याउन जस्तो सुखद अनुभुति सायदै नहोला।

छुट्टी लिन, जागिर छोडन नर्सिङ एथिकल गाइडलाइनले दिँदैन, हस्पिटलको प्रोटोकलले दिँदैन। काम अनुसारको तलब सुविधा खैरु भनेर नेताले जस्तो माग राखेका छैनन्। गर्व लाग्छ, मलाई रास्ट्रप्रेमी नर्सहरुको योगदान र आफ्नो कर्मलाई निरन्तरता दिएको देखेर। तर कहिले दुस्ख पनि लाग्छ, कर्म गरे अनुसारको इज्जत, सुविधा र माया नपाउँदाको खल्लो अनुभुति देखेर। कठै भन्न मन लाग्छ नर्स जिन्दगी।

जब कोही बिरामी अस्पताल पुग्छन् तब उसको सबैभन्दा नजिकको सहारा नर्स नै हुन्छन्। सेतो कोट लगाएर मुसुक्क हाँस्दै सेवामा तल्लीन रहने नर्सहरुको सेवा पाएपछि बिरामी आधा रोग निको भएको महसुस गर्छन् भने बिरामीका समस्या सुन्ने, आवश्यकता बुझ्ने, मर्म बुझ्ने, बिरामी घर नफर्कुन्जेल नर्सले कसलाई कुन समय कस्तो औषधि दिने हेक्का राख्ने कुशल नर्स आफैंमा एक चिकित्सक, प्रशासक, शिक्षिका र अभिभावक पनि बन्न पुग्छन्।

अहिलेको माहामारी जोखिममा रहेर दैनिक सयौं बिरामीसँग प्रत्यक्ष जोडिएर सेवामा खटिनुको पीडा त छँदैछ, नर्समाथिको हिंसा अत्याचार कहिलेसम्म र किन सुन्न सक्दैन यो समाजरु यसर्थ नर्सहरुको गुनासो सुनुवाइ हुन सकेको बेला उचित सम्मान दिनुको सट्टा उल्टो मनोबल गिराउने, पेसाप्रति वितृष्णा जगाउने काम भइरहेको छ। आम जनजीवनले कठोर र निर्मम भएर कहिले निस्किने नर्सहरुको लागिरु 

प्रकृतिले यतिबेला नर्स र डाक्टरका लागि यही भाइरससँग जुध्न चुनौतीपूर्ण अवस्था सृजना गरेको छ। सरकारले यो तत्कालीन समयमा आफ्नो पक्षबाट पहल नगरेको भन्न त मिल्दैन र तालाबन्दीसँगै अग्रिम योजना गरी आफ्नो भूमिका निभाएको छ, सुरक्षा, हौसला र असल नेतृत्व अझै प्रदान गर्दै जाओस् र छिट्टै कोरोनामुक्त नेपाल बनोस्।

संवेदनशील स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र जनमुखी बनाउन नेपाल सरकारले जिम्मेवारी बोधका साथ निस्स्वार्थ भएर काममा लागि परेमा आगामी दिनहरुमा स्वास्थ्यकर्मीको मनोबल र हौसला बढेलगतै स्वास्थ्य क्षेत्र फस्टाउँदै जानेछ भन्नेमा विश्वस्त छु। हस्पिटलको वातावरणमा फ्रन्ट लाइनमा रहेर आइसियु, आइसोलेसन, वार्ड र ल्याबमा कार्यरत नर्सहरुमा शारीरिक र मानसिक स्तरमा एक किसिमको डर पैदा भएको छ। अझै पनि गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरी उच्च मनोबलका साथ काम गर्ने वातावरण सृजना गर्नु जरुरी  छ। 

सरकारले प्रत्यक्ष कोभिड(१९ नियन्त्रण  तथा रोकथाममा खटिनेलाई जोखिमको आधारमा ५० देखि सतप्रतिशत भत्ता दिनेगरी मन्त्रिपरिषद्बाट निर्देशिका जारी गरेको जोखिम भत्ता विभेदरहित कार्यान्नवयनमा ल्याओस् र जनशक्तिलाई प्राथमिकतापूर्वक दुर्गम क्षेत्रदेखि लिएर सम्पूर्ण स्वास्थ्य संस्थामा व्यक्तिगत सुरुमा सामग्री, किट, उपकरणहरु वितरणमा सरकारको ध्यानाकर्षण होस्। 

यो विपत र जोखिमको अवस्थामा महामारीसँग लड्न मनोबल उच्च बनाउन, सुन्दर सेवाको पेसालाई मन र वचनले उचित सम्मान र प्रोत्साहन  दिन नचुकौ। मेरो शब्द घरले तयार पारेको विचार आफैं मबाट पस्किएँ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement