साउन ९, काठमाडौं । वर्षाको समयमा हामी वरिपरिको वातावरण चिसिएको हुन्छ । कुनै ठाउँमा बर्षाले गर्दा चिसो महसुस भई आराम मिल्छ भने कुनै ठाउँमा गर्मीका कारण आद्रताको सामना गर्नु परिरहेको छ । जस्तो तराइमा अहिले गर्मी छ भने हिमाली भेगमा अझै चिसोको महसुस हुन्छ । काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने मध्यान गर्मी भएपनि विहान बेलुकाको समय सामान्य चिसो नै हुन्छ । यस्तोमा रुघाखोकीको खतरा बढ्न जान्छ । तर भनिन्छ नि सावधानीनै बचावको उपाय हो । यस्तो समयमा केहीकुराको ख्याल गर्न जरुरी हुन्छ । जसका कारण तपाई बर्षाको मौसममा पनि आफुलाई तन्दुरुस्त राख्न सक्नुहुन्छ ।
अदुवा : अदुवामा एंटिअक्सिडेंट गुणहरु सामावेश हुन्छन् । यो रुघाखोकीलाई टाढा राख्ने उत्तम औषधी हो । तपाई आफ्नो खानामा सधै अदुवा सामावेश गर्नुहुन्छ भने सम्झिनुहोस तपाईलाई ९० प्रतिशत औषधीको आवश्यकता पर्दैन । अदुवाको चिया अनि अदुवा मिक्स दुधले रुघाखोकीलाई टाढा भगाउँछ ।
नरिवलको तेल : नरिवलको तेल बर्षाको समयमा रामवाण जस्तै मानिन्छ । यदि तपाई नरिवलको तेल दुई थोपा आफ्नो नाकमा राख्नुहुन्छ या नरिवलको तेलमा कपुर मिसाएर सुघ्नुहुन्छ भने सम्झिनुहोस केही दिनमै तपाईको रुघाखोकी निको हुन्छ । यसले टाउको दुखेको पनि ठिक गर्छ ।
बेसार : बेसारमा एंटिबेक्टिरियल गुणहरु हुन्छन् । जस्ले मानिसको रुघाखोकीलाई टाढा राख्दछ । प्रत्येकदिन १ गिलास दुधमा १ चम्चा बेसार मिसाई सेवन गर्दा रुघाखोकी बाट राहत प्रदान हुन्छ ।
कागती र मह : १ चम्चा कागतीको रसमा केही थोपा मह मिसाएर प्रत्येक दिन साँझ बिहान पिउने गर्नुहोस । लगातार यसरी पिउनाले रुघाखोकी ठिक हुन्छ ।