Advertisement
Advertisement
Advertisement
Advertisement

कन्टेन्ट क्रियटर इस्टु कार्कीको नयाँ यात्रा: अनामनगरमा ‘फ्लिप एन्ड इट’ क्याफे सञ्चालन

  |      13:23:00   |  
web image
web image
साउन २२ , काठमाडौं । चर्चित कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले नयाँ व्यवसायिक यात्रा सुरु गरेकी छन्। उनले काठमाडौंको अनामनगरमा ‘फ्लिप एन्ड इट’ नामक क्याफे सञ्चालनमा ल्याएकी हुन्।
क्याफेको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले व्यवसाय सुरु गरेको जानकारी दिएकी छन्। भावुक सन्देशसहित उनले आफ्नो विगत सम्झिँदै १० वर्षअघि सामान्य सपना बोकेर काठमाडौं छिरेकी आफूले व्यवसाय गर्ने कल्पना नगरेको उल्लेख गरेकी छन्।
उनका अनुसार यो व्यवसाय ठूलो लगानी वा पारिवारिक सहयोगमा आधारित नभई नयाँ कुरा सिक्ने, बुझ्ने र आफूलाई नयाँ रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको हो। तीन वर्षदेखि निरन्तर भिडियो सामग्री निर्माण गर्दै आएकी कार्कीले एउटै काम दोहोरिँदा थकान महसुस भएपछि नयाँ क्षेत्रमा हात हालेको बताएकी छन्।
‘यी सिकेका अनुभवले मलाई सफल बनाउँछन् वा असफल, त्यो समयले देखाउनेछ,’ उनले लेखेकी छन्, ‘तर यसले मलाई अझ आत्मविश्वासी र फरक व्यक्तित्व बनाउनेछ।’
रंगमञ्चबाट आफ्नो करियर सुरु गरेकी इस्टु कार्की हाल रमाइला भिडियो, भ्लग र सामाजिक सञ्जालका पोस्टमार्फत विशेषगरी टिकटकमा लोकप्रिय छिन्। नयाँ व्यवसायसँगै उनले सिर्जनात्मक यात्रालाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement