Advertisement
Advertisement
Advertisement
Advertisement

ऋषि पञ्चमीमा टेकुको ऋषिश्वेश्वर महादेव मन्दिरमा महिला भक्तजनको घुइँचो

  |      12:26:00   |  
web image
web image
भदौ ३०, काठमाडौं । काठमाडौंको टेकुस्थित ऋषिश्वेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको अवसरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी महिलाहरू पूजा तथा दर्शनका लागि ठूलो संख्यामा मन्दिर पुगेका छन्।
हरेक वर्ष ऋषि पञ्चमीका दिन मन्दिर परिसरमा मेला लाग्ने भएकाले यस वर्ष पनि भक्तजनको सहज आवतजावत र सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ। नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मी तथा स्वयंसेवकहरूलाई मेला व्यवस्थापनमा परिचालन गरिएको छ।
भक्तजनको सुविधालाई ध्यानमा राख्दै स्थानीय वडा कार्यालयले मन्दिर तथा आसपासका सम्पदा क्षेत्रको सरसफाइ, रंगरोगन र सडकबत्ती व्यवस्थापन गरेको जनाएको छ। मेलालाई व्यवस्थित बनाउन वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिसँग समेत समन्वय गरेको छ।
मन्दिरमा दर्शनका क्रममा कुनै भक्तजनलाई स्वास्थ्य समस्या आए तत्काल उपचार उपलब्ध गराउन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र महानगरपालिकाको स्वास्थ्य विभागसँगको सहकार्यमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
वडा अध्यक्ष बालकृष्ण महर्जनका अनुसार भक्तजनका लागि निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक परे तत्काल अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ।
भक्तजनको भीडलाई व्यवस्थित गर्न बिहानैदेखि मन्दिर दर्शनका लागि खुला गरिएको थियो। मेला क्षेत्रमा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी पूजा तथा दर्शनको व्यवस्थापन गरिएको छ।
भीडका कारण टेकु, कुलेश्वर र सानेपातर्फको यातायातमा समेत चाप बढेको छ। ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरिएको भन्दै सम्बन्धित निकायले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement