Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिकामा एकैदिन ९१२ संक्रमितको मृत्यु, २४,७४२ नयाँ भेटिए

  |      11:27:00   |  
अमेरिकामा एकैदिन ९१२ संक्रमितको मृत्यु, २४,७४२ नयाँ भेटिए

चैत १९, काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक संख्यामा अमेरिकाले सबै देशलाई उछिनेको छ । 

अमेरिकामा एकैदिन ९१२ संक्रमितको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५३ पुगेको छ । 

यो दिन नयाँ संक्रमित फेला पर्नेमा समेत अमेरिका सबैभन्दा अगाडि देखिएको छ । अमेरिकामा एकैदिन २४ हजार ७४२ संक्रमित फेला परेका हुन् ।


योसँगै अमेरिकामा कोरोनाबाट संक्रमितको कुल संख्या १ लाख ८८ हजार ५०० माथि पुगिसकेको छ । 

पछिल्लो २४ घण्टामा अमेरिकापछि इटलीमा ८३७ व्यक्तिको मृत्यु भएको छ । योसँगै इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ४२८ पुगेको छ । 

स्पेनमा समेत यो दिन ७४८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या८ हजार ४६४ पुगेको छ । 


फ्रान्समा समेत यो दिन ४९९ संक्रमितको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ५२३ पुगेको छ। 

इरानमा १४१ को मृत्यु भई कुल मृतकको संख्या २९००, बेलायमा ३८१ थपको मृत्यु भई कुल मृतकको संख्या १७८९ पुगेको छ । 

नयाँ संक्रमित फेला पर्ने मामलामा फ्रान्स र स्पेनले प्रतिस्पर्धा गरिरहेका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ७ हजार ९६७ र फ्रान्समा ७ हजार ५७८ नयाँ संक्रमित फेला परेका छन् ।

जर्मनीमा ४ हजार ९००, बेलायतमा ३०००, इरानमा ३ हजार १००, टर्कीमा २७०० बढी नयाँ संक्रमित फेला परेका छन् । 

यो दिन विश्वभर ४ हजार ५४२ संक्रमितको मृत्यु भएको छ । यो दिन हालसम्मकै सबैभन्दा बढी ७३ हजार ७११ बढी नयाँ संक्रमित फेला परेका छन् । 

मंगलबारसम्म विश्वभर ४२ हजार ३०० बढी संक्रमितको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ९ लाख नजिक पुगेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement