Advertisement
Advertisement
Advertisement
Advertisement

अब विद्यालयमै ‘नर्सिङ सेवा’

  |      00:00:00   |  
Symbolic Image
Symbolic Image

गलकोट, १६ फागुन  ।  विद्यालयमा आउने स्वास्थ्य समस्या तथा सचेतनाका लागि बागलुङ नगरपालिकाका पाँच विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा  लागू भएको छ । विद्यालयका छात्रालाई लक्षित गरी नेपालका विभिन्न स्थानीय तहमा नर्सिङ तथा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यसाथ उक्त सेवा सञ्चालनका लागि बिहीबार स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा, नगरपालिका र पाँच विद्यालयबीच सम्झौता भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यमिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम लागू गरिएको हो । मन्त्रालयका नर्सिङ महाशाखाका अनुसार विद्यालयमा एक–एक नर्ससहित आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्था गरिनेछ । 

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढाजस्ता सूचकका आधारमा पहिलो चरणमा ती विद्यालय छनोट गरिएको महाशाखाका प्रशासक बाला राईले जानकारी दिनुभयो । “हामीले विद्यालयस्तरबाटै स्वास्थ्य सेवा प्रदान गर्न नयाँ अवधारणा ल्याएका हौँ”, प्रशासक राईले रासससँग भन्नुभयो, “छात्राको महिनावारीको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था गरिनेछ ।”  

नर्सिङ महाशाखाले विद्यालयमा नर्सको दरबन्दी, औषधि तथा आवश्यक पर्ने सम्पूर्ण वस्तु उपलब्ध गराउनेछ । कार्यक्रम शुरु भएको एक वर्षपछि कार्यविधिअनुसार प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको नर्सिङ प्रशासक राईले जानकारी दिनुभयो । 

उक्त सेवा सम्झौता भइसकेपछि दरबन्दीअनुसारको विज्ञापन गरेर तत्कालै लागू गरिनेछ । प्रशासक राई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्मा र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले नर्सिङ स्वास्थ्य सेवाको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । नेपालमा भर्खरै मात्र विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि शुरु भएको नर्सिङ स्वास्थ्य सेवा प्रदेश एक, दुई र तीनले केही स्थानीय तहका विद्यालयमा लागू गरिसकेको नर्सिङ महाशाखाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरेको हो । 
नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रममार्फत स्वस्थ रहन आवश्यक खानपान, व्यायाम, औषधि उपचार सेवालगायतका विषयमा जानकारी गराइने छ । 

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement