चैत ३०, काठमाण्डौ। कोरोनाभाइरस र वायु प्रदूषणबीचको सम्बन्ध उजागर गर्ने एउटा आश्चर्यलाग्दो अनुसन्धान बाहिर आएको छ।
अहिले विश्वभर कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुने संख्या अमेरिकामा सबैभन्दा बढी छ। यही बेला सार्वजनिक एउटा अनुसन्धान प्रतिवेदनले अमेरिकाको जुन सहरमा वायु प्रदूषण स्तर तुलनात्मक रुपमा बढी थियो, तिनै सहरमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढी देखाएको हो।
स्वास्थ्य क्षेत्रमा कार्यरत अमेरिकी संस्था हार्वर्ड टीएच चान स्कुल अफ पब्लि हेथले हालै गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। अमेरिकामा ३ हजार ८० कान्उटीमा वायु प्रदूषणको स्तर र कोरोनाबाट भएको मृत्युलाई तुलनात्मक अध्ययनका आधारमा यो प्रतिवेदन तयार पारिएको छ।
प्रतिवेदनले अमेरिकाको मेनहट्टन काउन्टीमा पछिल्लो २० वर्षमा औसत वायु प्रदूषणको मात्रा ९पीएम० २।५ अर्थात १ माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा कम पाइएको छ। यसको तुलनामा यो कान्टीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४८ भन्दा कम रहेको छ।
यसअघि गाडी, तेल प्रशोधन वा विद्युत्का कारण उत्पन्न हुने वायु प्रदूषणको सामना गर्ने अमेरिकी सहरहरुमा ती सहरको तुलनामा कोरोनाबाट अत्याधिक मृत्यु भएको छ जहाँ वायु प्रदूषण या त तुलनात्मक रुपमा कम छ या प्रदूषणको कारक यी तीन कारणबाहेक अन्य केही छ।
अध्ययनमा सहरको आवादी, अस्पतालमा शय्याको संख्या, कोरोना परीक्षण गरिएका बिरामीको संख्या, मौसम, सामाजिक तथा आर्थिक स्थिति र मानिसको अवस्था ९जसमा मोटोपन तथा धूमपानको लत० आदिलाई प्रमुख मानकका रुपमा समावेश गरिएको छ। यी आधारमा गरिएको अध्ययनमा कोरोनाबाट भएको मृत्युदर बढाउन वायु प्रदूषण एउटा प्रमुख कारण मानिएको छ।
अध्ययन प्रतिवेदनले थुप्रै दशकदेखि वायु प्रदूषणको अधिकता भएको इलाकामा बसोबास गर्नेहरुमा कोरोनाबाट ज्यान गुमाउने खतरा १५ प्रतिशतभन्दा बढी पाइएको जनाएको छ। जब कि जुन सहरमा वायु प्रदूषण नियन्त्रित छ, त्यहाँ बसोबास गर्नेहरुमा यो खतरा १५ प्रतिशतले नै कम पाइएको प्रतिवेदनमा देखाएको छ।
प्रतिवेदनमा अत्याधिक वायु प्रदूषण हुने डिस्ट्रिक्ट अफ कोलम्बियामा कम वायु प्रदूषण हुने छिमेकी काउन्टी मोन्टगोमरीको तुलनामा कोरोनाबाट हुने मृत्युदर अधिक रहेको पाइएको उल्लेख छ।
यसैगरी सिकागोको छिमेकी इलाका लेक काउन्टी र अटलान्टाको छिमेकी डगलस काउन्टीको तुलनामा कोरोनाबाट अधिक गम्भीर स्थिति सिर्जना भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ। वायु प्रदूषणकै कारण सिकागो र अटलान्टामा लेक र डगल काउन्टीको तुलनामा कोरोनाबाट हुने मृत्युदर अधिक हुन सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ।
अध्ययन दलमा सभागी वरिष्ठ वैज्ञानिक फ्रान्सिस्का डोमिनिकीका अनुसार अत्याधिक वायु प्रदूषण हुने इलाकामा कोरोनाको जोखिम उच्च रहेको छ। त्यसैले वायु प्रदूषण अत्याधिक रहेका क्षेत्रहरुमा यसलाई नियन्त्रण गर्न अविलम्बन उचित कदम चाल्न आवश्यक रहेको उनले सुझाव दिएका छन्।