Advertisement
Advertisement
Advertisement
Advertisement

वर्ल्डलिङ्कद्धारा किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना

  |      11:54:00   |  
web image
web image

कात्तिक १५, काठमाडौं। वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा ११ स्थित श्री जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । 

सरसफाई, यौन तथा प्रजनन् स्वास्थ्य, हिंसा तथा लैङ्गिक हिंसा, बाल विवाह रोकथाम, मानसिक स्वास्थ्य र आत्मरक्षा जस्ता विषय कार्यक्रममा समेटिएको थियो । 

वर्ल्डलिङ्कले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वलाई दिगो विकासका चार वटा लक्ष्यमा केन्द्रित गर्न थालेको छ । जसमध्ये लैङ्गिक समानता एउटा हो । निर्धारित दिगो विकास लक्ष्यभित्र रहेर परियोजना तय गर्ने क्रममा वर्ल्डलिङ्कले जनसेवा माध्यामिक विद्यालयबाट सुझाव मागेको थियो । जसमा विद्यालयले व्यवसायिक सामाजिक उत्तरदायित्वको कार्यक्रममा माथिल्ला कक्षामा अध्ययनरत आफ्ना छात्राहरूको सशक्तिकरण समावेश गर्न आग्रह गरेको  थियो । 

आवश्यकता मूल्याङ्कनका क्रममा वर्ल्डलिङ्कको व्यवसायिक सामाजिक उत्तरदायित्वको टिमले उक्त क्षेत्रमा बाल विवाहको मुख्य समस्या रहेको पहिचान गरेको थियो । त्यसका साथै घर आँगनको स्वच्छतामा समेत मुख्य भूमिका रहने भएकाले छात्राहरूमा सरसफाईको अभ्यासमा समेत सुधार ल्याउनुपर्ने वर्ल्डलिङ्कको टिमले महसुस गर्‍यो । टोलिले उनीहरूमा हुने तनाव र मानसिक उतारचढावलाई समेत मध्यनजर गर्दै मानसिक स्वास्थ्यमा समेत विचार पुर्‍याउनु पर्ने आवश्यकता पहिचान गरेको थियो । 

अधिकांश किशोरी तथा महिलाहरू शिक्षा र जनचेतनाबाट बञ्चित हुने भएकाले उनीहरूले मानसिक स्वास्थ्यको अवधारणा समेत बुझ्न सकेका हुँदैनन् । यतिसम्म कि आफ्नो मानसिक स्वास्थ्य समस्याको विषयमा उनीहरू जानकार रहेपनि त्यस विषयमा अन्य व्यक्तिहरूसँग खुलेर कुरा गर्न र सहयोग माग्न सक्दैनन् 

धेरैजसो किशोरीहरू घरेलु हिंसालाई सामान्य दैनिक गतिविधि ठान्ने भएकाले त्यस विरुद्ध कदम चाल्दैनन् । यिनै विषयहरूलाई मध्यनजर गर्दै वर्ल्डलिङ्कको व्यवसायिक सामाजिक उत्तरदायित्वको टिमले 'शिक्षा तथा जनचेतनामार्फत महिलाको सशक्तीकरण' कार्यक्रमको डिजाइन गरेको जनाएको छ । यसले छात्राहरूमा जनचेतना अभिवृद्धि हुनुका साथै सशक्तीकरणमा शिक्षा पहिलो पाइला भएको महसुस गराउनेछ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement