Advertisement
Advertisement
Advertisement
Advertisement

अफगानीस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानी महिलाहरु चिन्तित
अफगानी महिला भन्छन्, ‘हाम्रो सपना टुट्यो’

  |      18:41:00   |  
Web Image
Web Image

साउन ३२, काठमाडौं । अफगानीस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानी महिलाहरु चिन्तित भएका छन् । 

सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हटाइएको थियो ।तालिवानको सत्ता हटेपछि अफगानी महिलाहरुले स्वतन्त्रको अनुभुति गर्न पाएका थिए । 

पुनः तालिवाले सत्ता कब्जा गरेपछि बल्ख प्रान्तकी जेब हनीफा (नाम परिवर्तन गरिएको)ले अफगानी महिलाहरुको सपना टुटेको बताएकी छन् । उनले सन् २०१३ मा कलेजको पढाई सकिन् । पढाइ पूरा गरेर पिआर कन्सल्टेन्ट र लेखिकाको रुपमा काम गर्न सुरु गरिन् । उनले पहिलो पटक नोकरी गर्दा नयाँ पखेँटा पलाएजस्तै भएको अनुभव सुनाउँछिन् । 

उनले जागिर गरेर जोगाएको पैसाले एक्लै विदेशको यात्रा गरेको बीबीसीलाई सुनाइन् । आफूले एक्लै विदेशको यात्रा गरेकी हनीफाले आफ्नो ठाउँ छोडेर कहीँ नगएकी आमालाई विदेश लैजाने योजनामा भएको बताइन् । उनले नोकरी गर्ने क्रममा धेरै ज्ञान बटुलेको र नयाँ नयाँ कुराको अनुभव गर्ने अवसर पाएको पनि उल्लेख गरिन् । 

उनी भन्छिन्, ‘मलाई लाग्थ्यो मेरी आमा मसँगै आफ्ना सपनाहरु बुन्दै बाँचिरहेकी थिइन् । तर उनी बारम्बार केही गडबढ नहोस् भन्दै प्रार्थना गर्थिन् । फेरि केही गडबढ भएर फेरि संघर्षपूर्ण जीवन बिताउनु पो पर्छ कि भनेर उनी अत्यधिक डराउँथिन् । आज थाहा पाउँदैछु उनको जीवन कस्तो रह्यो होला ?’

कोरोना महामारीका कारण हनीफाले आमालाई विदेश लैजान सकिनन् । महामारी नसकिँदै फेरि कठोर विद्रोही समूहले देशको शासनसत्ता कब्जा गरेपछि हनीफा अब आफ्नी आमालाई घुमाउन पाउँछु कि पाउँदिन भन्ने दोधारमा परेकी छन्। 

उनी भन्छिन्, ‘म त टुटेँ । मलाई थाहा छैन अब भविष्यमा काम गर्न पाउँछु कि पाउँदिन । अब फेरि आफ्नो खुशीले कुनै पनि काम गर्न सक्छु कि सक्दिन । मजस्तै कति महिलाहरु होलान् जसको सपना फेरि चकनाचुर हुँदैछ । उज्वल भविष्यको हाम्रो सपना चुरचुर भयो।’

 

अफगानिस्ताका महिलाको अवस्थाबारे युएन चिन्तित
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले तालिवान र अन्य समूहलाई आफ्ना देशका नागरिकको ज्यान बचाउन अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले ट्विट गर्दै अबका दिनहरुमा अफगानिस्तानका महिलाहरुको अधिकारको लागि युएन चिन्तित भएको बताएका छन् । उनले युएनले अफगानिस्तानमा शान्ति चाहेको बताए । 

एन्टोनियो गुटरेशले एक ट्टिव गर्दै भनेका छन्, ‘अफगानिस्तानमा जारी संघर्ष र मानवाधिकारको गम्भीर उल्लंघनको समाचारका कारण त्यहाँबाट हराजौं मानिसहरु पलायन हुने भएका छन् । त्यहाँ वर्षौंपछि महिला र युवतीहरुले पाएको मानवअधिकार बचाउन जरुरी छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement