web image
साउन २५ ,काठमाडौं । पप गायिका एरियाना ग्रान्डेले आफ्नो नयाँ एल्बम ‘पेटल’ मार्फत अन्तर्राष्ट्रिय सांगीतिक क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेकी छन्। एल्बम सार्वजनिक भएको पहिलो सातामै बिलबोर्ड २००को शीर्ष स्थानमा उक्लिँदै यसले ग्रान्डेको करियरमा सातौं पटक नम्बर–वन एल्बम बन्ने उपलब्धि हासिल गरेको छ।
‘पेटल’ ले रिलिजको पहिलो सातामै २ लाख ९५ हजार युनिट बराबर बिक्री गर्दै यो दशककै सबैभन्दा सफल सुरुवातमध्ये एक बनाएको छ। सन् २०१९ यता ग्रान्डेको कुनै पनि एल्बमले यति ठूलो ओपनिङ पाएको थिएन। यसअघि सन् २०२४ मा सार्वजनिक भएको ‘इटर्नल सनसाइन’ ले पहिलो सातामै २ लाख २७ हजार युनिट बिक्री गरेको थियो भने ‘थ्यांक यू, नेक्स्ट’ (२०१९) ले ३ लाख ६० हजार युनिटको सर्वाधिक ओपनिङ कायम गरेको थियो।
बिलबोर्डका अनुसार ‘पेटल’ को कुल बिक्रीमध्ये १ लाख ६८ हजार युनिट प्रत्यक्ष एल्बम बिक्रीबाट आएको हो, जसमा ९६ हजार युनिट ‘भाइनल’ फर्म्याटमा बिक्री भएका छन्। त्यस्तै, अन–डिमान्ड स्ट्रिमिङतर्फ १२ करोड ८८ लाखभन्दा बढी पटक सुन्ने क्रममा थप १ लाख २६ हजार युनिट बराबरको योगदान पुगेको छ।
एल्बम सार्वजनिक हुनुअघि नै ‘पेटल’ चर्चा र विवादमा समेत तानिएको थियो। ग्रान्डेले सार्वजनिक जीवनबाट केही समय विश्राम लिने घोषणा गरेपछि यसले व्यापक बहस सिर्जना गरेको थियो। साथै, एल्बमको एक भिडियोमा उनी निकै दुब्ली देखिएपछि फ्यानहरूबीच थप चासो बढेको विश्लेषण गरिएको छ।
सन् २०२६ का सबैभन्दा ठूलो साप्ताहिक ओपनिङ गर्ने एल्बमहरूको सूचीमा ‘पेटल’ छैटौं स्थानमा परेको छ। यस वर्षको शीर्ष स्थानमा ‘आरिराङ’ ९६ लाख ४१ हजार युनिट० रहेको छ भने ओलिभिया रोड्रिगो र ड्रेक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यसैबीच, अघिल्लो साता शीर्ष स्थानमा रहेको मोर्गन वालेनको ‘आई एम द प्रब्लम’ यस साता दोस्रो स्थानमा झरेको छ भने ओलिभिया रोड्रिगोको एल्बम तेस्रो स्थानमा कायम रहेको छ। आगामी साता ठूला कलाकारका नयाँ एल्बम सार्वजनिक नहुने भएकाले ‘पेटल’ ले शीर्ष स्थान कायमै राख्ने सम्भावना बलियो देखिएको छ।
Share this with your friends: