काठमाडौं। सन् २०१६ मा युएसआइडीले गरेको एक सर्वेक्षणमा नेपाल पूर्वी एसियामै आयोडिनका कारण लाग्ने रोगबाट निकै सुरक्षित रहेको जनाइएको छ । सर्वेक्षण रिपोर्टमा नेपालीहरू आयोडिनयुक्त नुन सेवनका कारण विभिन्न रोगबाट जोगिएको बताइएको छ । विगतमा आयोडिनको अभावले ५४ प्रतिशतसम्म रोगी रहेको स्थिति अहिले शून्यमा झरेको छ । नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेका अनुसार नेपालका सबै भू–भागमा बसोबास गर्ने विशेषगरी महिला तथा बालबालिकामा आयोडिनको प्रयोगका कारण यो सकारात्मक नतिजा देखिएको हो ।