Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किइन्

  |      17:35:00   |  
प्रधानन्यायाधीश सुशीला कार्की
प्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेशमार्फत यथास्थितिमा राख्न निर्देशन दिएलगत्तै उनले कार्यभार सम्हालेकी छन् । सर्वोच्चले शुक्रबारबाटै आफ्नो काम थाल्न आदेश दिएसँगै कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट प्रशासनिक कार्य सुरु गरेकी हुन् । 

‘सर्वोच्चले कार्कीलाई आदेश दिएको मितिदेखि नै पदमा बहाल गराउनु भन्ने आदेश दिएको हो,’ सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले कान्तिपुरसित भने, ‘आदेशअनुसार उहाँले केही प्रशासनिक टिप्पणी र फाइलमा निर्णय गर्नुका साथै हाजिरसमेत गर्नुभएको छ ।’ कार्की आइतबारदेखि नियमित रूपमा सर्वोच्चमा हाजिर हुने छिन् । न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्दा लगाइएका अभियोग वस्तुपरक र यथार्थपरक नभएको भन्ने आधारलाई नै अन्तरिम आदेश जारी गर्नुको मुख्य आधार बनाएको छ । ‘महाअभियोग प्रस्तावमा सर्वोच्चमा विचाराधीन प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दामा भएको फैसलालाई आधार मानी अन्य अभियोग लगाएको देखिए पनि,’ आदेशमा भनिएको छ, ‘संविधानको मर्म र भावनाअनुकूल उक्त महाअभियोग प्रस्ताव छैन भन्ने सुरु नजरमै देखिन आयो । सुविधा र सन्तुलनको आधारमा यो निवेदन टुंगो नलागेसम्म संसद्को सचिवालयमा दर्ता भएको प्रस्ताव र संसद्का महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्नू ।’ 
प्रस्ताव यथास्थितिमा राख्न दिएको आदेशले न्यायिक निरूपण टुंगो नलागेसम्म त्यसमाथिको संसदीय प्रक्रिया अघि बढ्दैन । सर्वोच्चले संसद्का महासचिवद्वारा जारी पत्रलाई पनि यथास्थितिमा राखेकाले कार्कीमाथिको निलम्बन निष्क्रिय भई उनी महाअभियोग दर्ता हुनुअघिकै स्थितिमा प्रधानन्यायाधीशमा बहाल भएकी हुन् । महाअभियोग दर्तायता उनी ४ दिन निलम्बित रहिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement