एजेन्सी
माघ १५, काठमाडौं । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषक हरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ।
अलि साना खालका खुर्सानीमा चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। पीरो मन पराउनेका ृ१ेलागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । खुर्सानी मुख्यतया डल्ले, गुलियो र पीरो गरी ३ प्रकारमा विभाजन गरिएको छ ।
तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगी लाई फाईदा पुग्ने बताइएको छ ।यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।