काठमाडौं। संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सुशीला कार्की प्रधानन्यायाधीशबाट निलम्बित भएकी छन्। आइतबार साँझ सेतोपाटीकी शोभा शर्माले कार्कीसँग गरेको कुराकानीः
तपाईँलाई त महाअभियोग लाग्यो नि?
हो त लाग्यो, के गर्ने तरु लाग्दैछ भन्ने मलाई थाहा थियो। दुई तीन दिनअघिबाट माओवादी सांसद रामनारायण बिडारीले पटक पटक मलाई फोन गरेर कांग्रेसको दबाब आइरहेको छ एकपटक भेट्नु पर्यो भनिरहनुभएको थियो। मैले लगाउने हुन् भने लगाउन न त। मैले के गर्ने भनिदिएँ। आजै बिहान पनि प्रधानमन्त्रीका दूत बनेर वर्षमान पुन मेरो निवासमा आउनुभएको थियो। मैले भेटिनँ। मेरो श्रीमानसँग भेटेर उहाँ फर्किनुभयो। उहाँहरुले मलाई खराब आचरण गरेको भनेर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ। मैले कहिल्यै पनि न्यायप्रतिको निष्ठा र इमान्दारितामा सम्झौता गरेकी छैन।
महाअभियोग प्रस्तावको कसरी सामना गर्नुहुन्छ ?
मैले कुनै गल्ती गरेकी छैन। घुस लिएर, कसैको दबाब र प्रभावमा परेर फैसला गरेकी छैन। महाअभियोग दर्ता भयो भन्दैमा डराएर बस्दिनँ। जमेर महाअभियोगको सामना गर्छु।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको मुद्धामा तपाईँ बिचलित हुनुभयो भन्ने छ नि?
हामीले अदालतमा आएका मुद्धा हेर्ने हो। यो मुद्धा ल्याऊ त्यो नल्याऊ भन्न मिल्दैन। मुद्धामाथि सुनुवाइ गर्दा संविधान र कानुनका आधारमा गर्ने हो। यो मुद्धामा त हामीले सरकारले पठाएको प्रमाणका आधारमा फैसला गरेका हौं। त्यसबाहेक फैसलाले नै सबैकुरा बोल्छ। पक्ष(विपक्षमा म बोल्दिनँ।
तपाईँले मनपरी इजलास तोक्ने र न्यायाधीश रोज्ने गरेको भन्ने आरोप छ?
इजलास र पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारको कुरा हो। त्यो मेरै जिम्मेवारीभित्रको कुरा हो।
तपाईँलाई थप केही भन्नुछ ?
मलाई अरु केही भन्नु छैन। मेरो एक महिना बाँकी थियो। केही भ्रष्टाचारका मुद्धा र केही अरु महत्वपूर्ण मुद्धामा न्याय दिलाएर जाउँला सोचेकी थिएँ। अब यस्तो भइहाल्यो। मेरो कसैप्रति गुनासो छैन। बाँकी जीवन आनन्दले बिताउँछु। सेतोपाटीमा प्रकाशित कुराकानी।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...