Advertisement
Advertisement
Advertisement
Advertisement

पाकिस्तानमा पहिलो महिला मुख्य न्यायाधीश

  |      17:05:00   |  
पाकिस्तानमा पहिलो महिला मुख्य न्यायाधीश

भदौ १९, काठमाडौं । पाकिस्तानको न्यायिक इतिहासमा ताहिरा सफ्दर त्यहाँको उच्च अदालतको पहिलो महिला मुख्य न्यायाधीश बनेकी छन्। उनले मुख्य न्यायाधीशको रूपमा बलोचिस्तान उच्च अदालतको नेतृत्व सम्हालेकी छन्। पाकिस्तानको कानुनी समुदायले उच्च अदालतमा पहिलो महिला मुख्य न्यायाधीशको रूपमा ताहिरा सफ्दरको बढुवाको स्वागत गरेको छ।

 

यात्रा
पाकिस्तानमा उच्च तहमा पुरुष न्यायाधीश थुप्रै भएपनि थोरै महिला मात्र माथिल्लो तहमा छन्। सफ्दरको बढुवा न्यायपालिकामा रहेको लैङ्गिक असमानता सम्बोधन गर्ने पहिलो कदम हुने अभियानकर्मीको विश्वास छ। सन् १९५७ मा जन्मिएकी मुख्य न्यायाधीश सफ्दरको सन् १९८० बाट न्याय क्षेत्रमा यात्रा सुरू भएको हो।क्वेटाका एकजना प्रख्यात कानुन व्यवासायीकी छोरी सफ्दरले पेशाका क्रममा लामो समय बलोचिस्तान प्रान्तमै बिताइन्। उनी उच्च अदालतको पहिलो महिला न्यायाधीश पनि हुन्।

चर्चित मुद्दा
सन् २००९ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त उनी आगामी वर्षको अक्टोबर महिनासम्म मुख्य न्यायाधीश पदमा रहने छिन्। पूर्व सैन्य शासक परवेज मुशर्रफविरूद्धको राजद्रोहको मुद्दासहित कैयौं उच्च तहका व्यक्ति मुछिएका चर्चित मुद्दा हेरेको इजलाशमा उनी पनि थिइन्। अभियानकर्मीहरूले घरेलु हिंसा, प्रतिष्ठाको निम्ति गरिने हत्या र तेजाब आक्रमणजस्ता महिलाले बेहोर्दै आएका समस्या हेर्न पाकिस्तानमा थप महिला न्यायाधीशको खाँचो औंल्याएका छन्। पाकिस्तान दक्षिण एसियाको एकमात्र यस्तो देश हो, जहाँको सर्वोच्च अदालतमा महिला अहिलेसम्म न्यायाधीश भएका छैनन्।

बिबिसीबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement