काठमाडौं । अप्रिल १ देखि १५सम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन् । ८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को अडिसनबाट उनी छानिएकी हुन् ।
छनौट चरणको अडिसनमा पुर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्ठी श्रेष्ठ, मिसन नेपाल अर्थ सुबेक्षा खड्का, अभिनेता मनोज आर सि लगायत निर्णायक रहेका थिए । नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । कामनपा–११ की २१ बर्षीया रोनाली ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’की बिजेता पनि हुन् । यही उपाधिले उनलाई अन्तराष्ट्रिय प्रतियोगीताको ढोका खोली दिएको हो ।
टुरिजम र बाताबरण बिषयलाई मुख्य कार्यक्षेत्र बनाउादै आएको ‘मिस इको इन्टरनेशनल’मा आफुले नेपाली कल्चरको प्रवद्धन गर्दै र टुरिजम र बाताबरणका बिषयमा बिशेष प्रस्तुति दिने रोनालीले बताइन् । प्रतियोगीताको शिर्ष उपाधि जित्ने उदेश्य सहित आफुले नेपालको प्रतिनिधित्व गर्न लागेको रोनालीले सुनाइन् । आवस्यक बिभिन्न प्रशिक्षण सहित रोनालीलाई प्रतियोगीतामा पठाउन लागेको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । रोनालीको ट्राभलिङ पार्टनर प्यारागन ट्राभल्स एण्ड टुर रहेको छ । यस अगाडि प्रतियोगीतामा २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...