काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक कुल ७५ हजार म्यादी प्रहरीेको दरबन्दीमा १३ हजार बढी महिला छनोट भएका छन् । जुम्ला बाहेक ७४ जिल्लामा छनोट भएका कुल ७४ हजार ६४७ जना मध्ये १३ हजार ३८७ जना महिला म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
म्यादी प्रहरीमा छनोट हुने महिलामा पनि सबैभन्दा बढी मध्यमाञ्चलबाट ३ हजार ३१६ र सबैभन्दा कम सुदुरपश्चिमाञ्चलमा १ हजार ७१ जना रहेका छन् । यसैगरि, म्यादी प्रहरीमा छनोट भएकामध्ये ५३ हजार ८४५ जना सर्वसाधारण रहेका छन्, जसमा ९ हजार ८०५ जना महिला रहेका छन् ।
सर्वसाधारण बाहेक नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रमा सेवानिवृत भइसकेका १ हजार ३०४ जना म्यादी प्रहरीमा छनोट भएका छन् । यीनमा ६ जना महिला रहेका छन् । यसअघि भएको संविधानसभाको चुनावमा म्यादी प्रहरीमा काम गरिसकेका ३ हजार ४०५ म्यादी प्रहरी पनि पुनः छनोट भएका छन् ।
म्यादी प्रहरीमा एक लाख ८० हजार जनाको आवेदन परेको थियो । छनोट भएका म्यादी प्रहरीको तालिम आजवाट ९आइतबार० शुरु हुदैछ । ५५ दिने नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवान सरह तलब सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरी १८ वर्ष पुगेका र ५३ वर्ष ननाघेका छन् । महिला खबरमा प्रकाशित खबर ।