असार २१, काठमाडौं । भन्निछ नि मानिसहरुको पढ्नको लागि कुनै पनि उमेर हुँदैन् । पढ्न वा सिक्न मन भयो भने मानिसले आफनो लक्ष्य पुरा गर्न सक्छ । यस्तै भएको छ भारतमा ६७ वर्षीय एक महिलाले यो कुरा साबित गरेकी छिन् । वडोदरामा बस्ने वाली उसाबेन लोदयाले डाक्टरको उवाधि पिएचडी हासिल गरि आफुलाई साबित गरेकी छिन् । मानिसले प्रयास गर्न सके जे कुरा पनि सम्भव छ भनेर लोदयले प्रमाणित गरेकी छिन् ।
२० वर्षकोे उम्रेरमा नै विवाह गरेकी उसाबेन भन्छिन्, म सानो हँदादेखि नै एक डाक्टर बन्न चाहान्थ्ये । जब विवाह भयो ग्रेजुएशनको पहिलो सालमा थिए । मेरो बुबाआमा चाहानुहुन्थ्यो म विवाह पश्चात पनि अध्ययन गर्न सकु । त्यस्तै भयो । मैले अध्ययनलाई जारी राखे । बढ्न बाहेक घरपरिवारको हेरचाह तथा घरका थुप्रै काम गर्नु पर्दथ्यो ।
उसाबेन दैनिक ६ देखि ७ घन्टा पढ्थिन्
पिएडी पूरा गर्न मैले निकै समय अध्ययनमा खर्चिन्थ्ये । बुढेसकाल हुँदै गएकोले गर्दा कतिपय पढेका कुरा बिर्सिन्थ्ये । तथापि मलाई बुहारी निशाले धेरै मद्दत गरिन् । उसाबेनका पछि आज यो दुनियाँमा छैनन् । तर पनि उनले छोरा र बुहारीको सहयोगको कारण बुढेसकालमा भएपनि आफ्नो सपना पूरा गर्न सकेकोमा एकदमै खूशि छिन् ।
थेसिस लेख्ने समयमा पतिको मृत्यु
उनले थेसिस पाँच वर्षमा पूरा गरिन् । जुनबेला उनले थेसिस सुरु गरिन त्यो वर्ष धेरै दुख कष्ट आई परेको थियो । थेसिस लेख्ने बेलामा उनको पतिको मृत्यु भयो । त्यपछि कोरोना महामारीले गर्दा उनको थेसिसमा धेरै डिस्टब भयो । यो पछि उनले फाँर्महाउसमा गएर आफनो थेसिस पुरा गरिन् ।
- एजेन्सी