Advertisement
Advertisement
Advertisement
Advertisement

२५ वर्षमै विश्वकी नम्बर १ महिला टेनिस खेलाडीले टेनिसबाट लिइन् सन्यास

  |      13:20:00   |  
Web Image
Web Image

चैत ९, काठमाडौं । विश्वकी नम्बर एक अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले खेल दुनियाँका सबैलाई अचम्मित पार्दै २५ वर्षको उमेरमा खेलबाट सन्यास लिएकी छिन् ।

४४ वर्षपछि आफ्नो जमिनमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्यास लिने घोषणा गर्दै भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेकी छु । यसबारे घोषणा गर्नु मेरा लागि मुश्किल र भावनात्मक पल हो ।’

आफ्नी साथी र डबल्समा पार्टनर रहेकी केसी डेलाक्वासँग इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियो सन्देशमा एश्लीले भनिन्, ‘खेलबाट मैले जे जति पाएँ त्यसका लागि म कृतज्ञ छु । यसले मेरो सपना पूरा गरेको छ । तर मैले अब आफ्नो र्याकेटलाई विश्राम दिएर आफ्नो अन्य सपनालाई पूरा गर्ने यो नै मेरो लागि सही समय हो ।’

एश्ली बार्टी पछिल्लो दुई वर्षदेखि विश्वकै नम्बर एक खेलाडी बन्दै आएकी छिन्  । उनले सन् २०१९ मा फ्रेन्च ओपन, सन् २०२१ मा विम्बिल्डन र यस वर्ष अष्ट्रेलिया ओपना जितेकी थिइन् । फ्रेन्च ओपन उनको पहिलो ग्रान्ड स्ल्याम थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement