Advertisement
Advertisement
Advertisement
Advertisement

२३ वर्षीया सिमोन्स न्यूयोर्क स्टक एक्सचेञ्जकै एक्लो महिला कारोबारी

  |      14:04:00   |  
 २३ वर्षीया सिमोन्स न्यूयोर्क स्टक एक्सचेञ्जकै एक्लो महिला कारोबारी

साउन ७, काठमाण्डौं । पुरुषहरुको दबदबा रहेको विश्वको सेयर बजारमा यदि कुनै फूल टाइमर महिला कारोबारी छिन् भने तिनको चर्चा हुनु स्वभाविक हो । लरेन सिमोन्स, न्यूयोर्क स्टक एक्सचेञ्जकी सबैभन्दा कान्छी फूलटाइमर महिला कारोबारी हुन् । सिमोन्सको उमेर २३ वर्ष मात्र हो र उनी रोसेनब्लेट सेक्युरिटिज कम्पनीका लागि इक्वीटी ट्रेडरको काम गर्छिन् । अमेरिकी न्यूज पोर्टल सिएनबिसीसँगको कुराकानीमा सिमोन्सले भनेकी छिन्–‘जब मानिसलाई म आफ्नो जागिरको बिषयमा बताउँछु, त्यसबेला मानिसहरु छक्क पर्छन् ।’  उनको भनाईमा यदि ५ वर्षअघि मात्रै उनले आफू वाल स्ट्रीटमा काम गर्छु भनेर भन्थिन भने उनी आफैंलाई समेत यसको भरोसा हुने थिएन ।

 सन् २०१६ डिसेम्बरमा ग्राजुएसन गरिसकेपछि सिमोन्सलाई उनका अभिभावकले न्यूयोर्क लगेका थिए । जर्जियामा रहने सिमोन्सले कलेजको दौरान स्थानीय क्लिनिकल ट्रिटमेन्ट सेन्टरमा इन्टर्नको रुपमा काम गरेकी थिइन् । त्यसबेला उनी जेनेटिक्स बिषयमा बिए अध्ययन गर्दै थिइन्, जसमा सानो अंशमै भए पनि तथ्याङकशास्त्र पढ्नुपथ्र्यो ।  पहिला उनको योजना मेडिकल फिल्डमा केही गर्ने भन्ने थियो, तर पछि अनुभूत भयो कि मेडिकल क्षेत्र उनको प्यासन होइन । यहीकारण सिमोन्सले अर्को क्षेत्रमा अवसरको खोजी सुरु गरिन् ।
 

सिमोन्सले फाइनान्स क्षेत्रमा अवसरको खोजी थालेकी थिइन् । उनलाई हाइस्कूल लेभलबाटै तथ्याङ्कको खेल मन पथ्र्यो । रोसेनब्लेट सेक्युरिटीजको अहिलेको जागिर उनलाई लिङ्क्डइनको माध्यमबाट प्राप्त भएको थियो । लरेन सिमोन्सले संख्या तथा आँकडाप्रति लगावकै कारण आफू न्यूयोर्क स्टक एक्सचेञ्जमा आइपुगेको बताउँछिन् ।  सिमोन्सले सन् २०१७ को मार्चदेखि आफ्नो काम सुरु गरिन्, तर उनले अचानक सिरिज १९ पास गर्नुपर्ने भयो । सबै फ्लोर ब्रोकर्सहरुले आफ्नो स्तर हासिल गर्न यो परीक्षा उत्तीर्ण गर्न आवश्यक छ । सिमोन्सलाई यो परीक्षाका लागि एकमहिनाको मात्र समय थियो, तर उनले यही अवधिमै आफूलाई प्रमाणित गरेरै छाडिन् । 

सिमोन्सको भनाईमा महिलाहरुका लागि बित्तीय क्षेत्र अझै पनि काम गर्ने बिषयमा चुनौतिपूर्ण नै छ । सन् १९६७ मा मुरियल सिबर्ट फ्लोरमा कारोबार गर्ने पहिलो महिला भएकी थिइन् । त्यसबेला त महिलाका लागि कुनै शौचालय नै हुँदैन थियो, यहीकारण एक्सचेञ्जले फ्लोरमा एउटा सिङ्गल बाथरुम बुथ बनाइदियो । सिमोन्सले भनेकी छिन्, जब शौचालयको यो रमाइलो कथा उनले सुनिन्, त्यसैबाट प्रेरित भएर उनले एकमहिनाको तयारीबाटै सिरिज १९ पास गरिन् । हाल त्यहाँ महिलाहरुका लागि एक स्तरीय डेडिकेटेड बाथरुम बनाइएको छ । 

सिमोन्सका अनुसार उनले सेयर कारोबारको दौरान तोकिएको एक ज्याकेट लगाउनुपर्छ, जुन महिलाहरुलाई ध्यानमा राखेर बनाइएको होइन । दुर्भाग्यवश पुरुषको साइजमै आएको ज्याकेटलाई मिलाएर लगाउनुपर्ने उनको बाध्यता छ । न्यूयोर्क स्टक एक्सचेञ्जको कारोबारस्थलको लुक्समा बितेको ५० वर्षमा ठूलो परिवर्तन आएको छैन । तर, यस्तो संकेत आएको छ, जसबाट लाग्छ कि अब ठूलै परिवर्तन हुनेवाला छ । जुन महिनामा स्टेसी कनिङ्घमलाई एक्सचेञ्जको प्रेसिडेन्ट बनाइएको छ । एक्सचेञ्जमा कुनै बेला इन्टर्न रहेकी कनिङ्घम १९७२ मा एक्सचेञ्ज बनेपछिकै पहिलो महिला प्रेसिडेन्ट हुन् । 

यहीकारण सिमोन्स आफू निकै उत्साहित रहेको बताउँछिन् । ‘कनिङ्घम एक पुरुष भन्दा पनि क्षमतावान छिन्, सायद पुरुषभन्दा पनि बढी ट्यालेन्ट ।’ सिमोन्सले भनेकी छिन्–‘मलाई लाग्छ कि नयाँ परिवर्तन हुनेवाला छ । महिला प्रेसिडेन्ट भएको कुरा र मेरो कथा समेत पढेर अन्य महिलाहरु समेत सेयर बजारमा आउन लालायित हुन् भन्ने चाहना राखेकी छु ।’ 

सिमोन्सले वालस्ट्रिटमा आएर करिअर बनाउन हरकोही तयार रहन र विशेषगरी महिलाहरु समेत तयार रहन आग्रह गरेकी छिन्, किनकि त्यहाँ अवसरको कुनै लिमिट छैन। 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement