Advertisement
Advertisement
Advertisement
Advertisement

१५ बर्षिया शरणार्थी गर्भवती छिन्

  |      14:56:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १४, काठमाडौं । युनिसेफका अनुसार म्यानमारबाट विस्थापित रोहिंज्यामध्ये झन्डै पाँच लाखजति कलिला शरणार्थीहरू गम्भीर सङ्कटमा रहेका छन् र उनीहरू 'हराएको पुस्ता' हुनसक्ने खतरा रहेको छ।

गत वर्ष सुरक्षाकर्मीका केही चौकीमा रोहिंज्या लडाकुहरूले आक्रमण गरेपछि म्यानमारको सेनाले रोहिंज्या बस्तीहरूमा व्यापक दमन गर्यो। संयुक्त राष्ट्रसङ्घले त्यसलाई 'जातीय सफाया' मानेको छ। बीबीसीले गरेको एउटा अनुसन्धानमा बाङ्ग्लादेशको कक्स बजारको शिविरमा शरण लिइराखेका रोहिंज्या बालिकाहरू विभिन्न किसिमको शोषणमा पर्ने गरेको पाइएको छ।


म्यानमारमा हुँदा पोहरसम्म सोन्जीदा विद्यालय जान्थिन् । १५ बर्षीय यी टुहुरीको अहिले विहे भईसक्यो र उनी गर्भवती छिन् । उनका पति ६६ बर्षका भए । अहिले उनीहरु संसारकै सबभन्दा ठुलोशरणार्थी शिविरमा छन् ।


सोन्जदिा भन्छिन्, –‘म सानोछँदा बुढोमान्छेसँग विहे होला भनेर सोचेकी पनि थिईन तर त्यस्तै भयो । म बच्चा पाउने भएकी छु र मेरा बुढा श्रीमान मर्छन कि भनने चिनता मलाई परेको छ । त्यसो भयो भने बच्चा कसरी हुर्काउनु ।


गत बर्ष म्यानमारमा भएको जातीय हिंसा पछि सात लाख जति रोहिंज्या मुसलमानहरु घर छोडेर भागे । तीमध्ये अधिकांशले बङ्लादेशमा शरण लिएकाछन् । उनीहरुका अनुसार आफूहरुलाई लक्ष्य गरेर व्यापक रुपमा बलत्कार र हत्या भए, गाउँहरुमा आगो लगाईयो । संयुक्त राष्ट्रसंघले सो घट्नालाई जातीय सफायाको उदाहरण भनेको छ । म्यानमारको सेनाले लडाकु विरुद्ध कारबाही गरेको तर गैरसैनिकलाई केही नगरेको दाबी गरेको छ । 


ठुलोशरणार्थी शिविरमा बसेकी शोकिना भन्छिन्, –‘म रातदिन रुन्छु बर्मेली सेनाले मेरा पतिको हत्या गर्दा मैले हेर्नबाहेक केही गर्न सकिँन् । शिविरबाट शोकिनाकि छोरी वेपत्ता भईन् । उनलाई तस्करहरुले अपहरण गरेको शङ्का गरिएको छ । मेरी छोरीलाई के भयो त्यो कसैलाई थाहा छैन । अल्लाहलाई मात्र थाहा होला । उ सँग फेरी भेट नहोला । एक बर्ष भईसक्यो । उ म कहाँ फर्केर आउनुपथ्र्यो ।’


त्यस्तै १५ बर्षिया रोजाना बङ्लादेश आएपछि यौनधन्दामा लाग्न बाध्य पारिएको बताउँछिन् । म म्यानमार फर्किन बाहेक अरु केही चाहन्नँ । म मेरो देश फर्किन चाहान्छु । त्यहाँ मेरा धेरै नातेदारहरु छन् । मलाई यहाँ मन पर्दैन । मलाई म्यानमार नै मनपथ्र्यो । म फर्केर बिहे गर्न र आफ्नो घरबार बसाउन चाहान्छु । मैले यस्तै गरीराखेँ भने मेरो जिवन नष्ट हुन्छ । 
 

आङ साङ सू चीको देश म्यानमारले शरणर्थीहरुलाई फिर्ता गर्ने बताएको छ । 

 

-बिबिसीमा प्रकाशित भिडियोको आधारमा तयार पारिएको सामाग्री 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement