Advertisement
Advertisement
Advertisement
Advertisement

स्तनको पीडा र स्तन क्यान्सर

  |      10:02:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी

काठमाडौं। हुन त स्तनको पीडा क्यान्सरको लक्षण मात्र होइन । पहिले दुखेर पछि आएको गाँठो क्यान्सर हुँदैन । स्तन क्यान्सरको सुरुको अवस्थामा भन्दा पनि उन्नत अवस्थामा स्तनको पीडा महसुस हुन्छ ।

 

स्तनमा गाँठो वा गिर्खा भेटिए (दुख्ने वा नदुख्ने खालका) चिकित्सकसँगको परामर्श नितान्त आवश्यक हुन्छ । आफ्ना नातागोतामा कसैलाई स्तन क्यान्सर भएको छ भने त त्यसको आवश्यकता अझ बढी हुन्छ । त्यस्तो स्थितिमा चिकित्सकको परामर्श लिई सुरक्षित र ढुक्क हुनुपर्छ । गाँठो फैलनबाट रोक्न सके र सुरुको अवस्थामा थाहा पाए रोग निर्मूल हुन्छ । 

 

स्तन दुख्ने अन्य कारण
ब्रेस्ट माउस साधारणतया ३५ वर्षमुनिका महिलामा देखिने समस्या हो । यो अवस्थामा स्तनमा साना गाँठा वा गिर्खा देखिन्छन् जुन औंलाले छाम्दा स्तन तन्तुभित्र यताउता भाग्छन्, त्यसैले यसलाई यो नाम दिइएको हो । साना आकारका ती गिर्खाहरू सामान्यतया नदुख्ने खालका हुन्छन् । आकार बढ्दै जाँदा केही गिर्खा दुख्ने खालका हुन सक्छन् । शल्यक्रिया गरी ती गिर्खा निकाल्न सकिन्छ । सामान्यतया स्तनको मुन्टो वरपरको कालो भागको बाहिरी छेउमा सानो चिरा पारी ती गिर्खा निकालिन्छ । अप्रेसनपछि सानो दाग बस्छ जसलाई हटाउने उपाय पनि छ । 

 

गिर्खायुक्त स्तन–फाइब्रोएडिनोसिस 
यो अवस्थामा स्तनको धेरै भागमा ठूला–साना गिर्खाहरू भेटिन्छन् । शल्यक्रिया यसको पहिलो रोजाइ नभए पनि महिनौंको औषधिले कम नभए शल्यक्रिया गराउन सकिन्छ । 

 

डायबिटिज र स्तनको पीडा
डायबिटिजका दीर्घरोगी महिलाहरूमा स्तन पोल्ने, झमझमाउने आदि लक्षण देखिन सक्छ । मधुमेहले शरीरका अन्य भागका नसाहरू जस्तै वक्षस्थलका नसाहरूमा प्रभाव पारी स्तन पोल्ने, झमझम गर्ने तथा कहिलेकाहीँ चिलाउने हुन सक्छ । 

 

स्तनको स्वयं परीक्षण 
यो महत्वपूर्ण परीक्षण हरेक महिलाले सिक्नुपर्ने, जान्नुपर्ने तथा अरूलाई समेत सिकाउनुपर्ने कुरा हो । नियमित स्तनको स्वयं परीक्षणले आफ्नो स्तनमा आएको परिवर्तन तथा कुनै नयाँ गाँठा वा गिर्खाहरू धेरै अघि नै पत्ता लगाउन सकिन्छ । सुरुमा महिलाहरूलाई स्तनको स्वयं परीक्षण अप्ठ्यारो लाग्ने वा सिक्न गाह्रो जस्तो लागे पनि स्तन स्वास्थ्य र आफ्नो भविष्यका लागि यो अत्यन्त महत्वपूर्ण छ । 

 

स्वयं स्तन परीक्षण
पहिलो : ऐनाअगाडि उभिएर काँध सीधा राख्नुहोस् र दुवै हात कम्मरमा राखी आफ्ना दुवै स्तनलाई नियाल्नुहोस् । दुई स्तनका आकार, प्रकार, रंग इत्यादिमा केही फरक छ कि हेर्नुहोस् । कुनै गाँठा वा गिर्खाले स्तनको आकार बिगारेको छ कि ?

 

कुनै लक्षण देखिए सतर्क हुनुहोस् 
गाँठा वा गिर्खा, स्तनमा साना खाडल, कुनै एक भागमा खुम्च्याइ, रातोपन, बिमिरा, काखीमा गिर्खा वा गाँठा, मुन्टोबाट असामान्य तरल पदार्थ (रातो, बैजनी, कालो वा पानीजन्य) निस्किएको भए ।

मुन्टोको आकारमा परिवर्तन : भित्र फर्किएको, अर्को स्तनको तुलनामा कुनै एक दिशामा घुमेको वा मुन्टोमा बिमिरा वा छाला घस्रिएजस्तो भए । 
दोस्रो : अब दुवै हात आफ्नो शिरमाथि सीधा उठाउनुहोस् र माथि जस्तै एक–एक विचार गर्नुहोस् । परिवर्तनलाई चिन्नुहोस् । 
तेस्रो : मुन्टोको परीक्षण गर्नुहोस् । कुनै असामान्य तरल पदार्थ मुन्टोको टुप्पामा देखिएको त छैन ? चोरऔंला र बुढीऔंलाले मुन्टोलाई हल्का निचोर्नुहोस् र हेर्नुहोस् केही असामान्य पदार्थ देखिन्छ कि ?
चौथो : अब सुत्नुहोस् र आफ्ना औंलाहरूको सहयोगले विस्तारै स्तनका हरेक भागमा छाम्नुहोस् । दाहिने स्तनका लागि देब्रे हात र देब्रे स्तनका लागि दाहिने हातले परीक्षण गर्नु उपयुक्त हुन्छ । मुन्टोदेखि स्तनको छेउसम्म औंलाको हल्का दबाब तथा औंलाहरूलाई गोलाकार घुमाई परीक्षण गर्नुहोस् । यतिबेला दुई स्तनको बीचदेखि काखीसम्म र छातीको माथिल्लो भागदेखि स्तनको तलसम्म औंलाले छाम्नुपर्छ । 
पाँचौं : उठेर र बसेर फेरि आफ्नो स्तनलाई त्यसैगरी जाँच्नुहोस् । यो ठूला स्तन भएका महिलाहरूका लागि अझ आवश्यक छ । 
धेरैजसो महिला नुहाएको बेलामा स्तन परीक्षण गर्न सजिलो मान्छन् । केही भिजेको र चिल्लोपन हुने हुँदा औंला चलाउन सजिलो हुने अनुभव पनि ती महिलाहरूको छ । 

 

स्तनसम्बन्धी साधारण समस्या 
संसारभरिका महिलाले आफ्नो जीवनकालको कुनै न कुनै समयमा स्तनको पीडा महसुस गर्छन् र स्तन क्यान्सरको डरले चिन्तित हुन्छन् । जनधारणा जे–जस्तो भए पनि स्तन क्यान्सरको लक्षण ‘स्तनको पीडा’ भने होइन । विभिन्न प्रकारका स्तन दुख्ने समस्या र तिनको समाधान : 

 

महिनावारीसँग सम्बन्धित स्तनको पीडा 
महिनावारी सुरु हुनुभन्दा ३ देखि ७ दिनअघि महिलाहरूले आफ्नो वक्षस्थलको माथिल्लो र बाहिरी भागमा पीडा महसुस गर्छन् । सामान्यतया रजस्वला सुरु भएपछि यस्तो पीडा हराउँछ । कसैलाई मन्द, कसैलाई भारीपनका रूपमा त कसैलाई सहनै नसक्ने गरी दुख्छ । हार्मोन्सको उतार–चढावको असर नै यो पीडाको कारण मानिएको छ । 

के गर्ने ? 
बढी पीडाबाहेक साधारणतया सजिलो तर कसिलो भित्री पहिरन र पीडा कम गर्ने साधारण औषधि प्रयोग गरे राहत मिल्छ । अन्य अवस्थामा चिकित्सकको परामर्शमा भिटामिन ई, भिटामिन बी ६ तथा प्रिमोर्स आयलको सेवन करिब ३ देखि ६ महिनासम्म गर्न सकिन्छ । 

खानामा के बार्ने ? 
बढी चिल्लो अर्थात् बोसोयुक्त खानेकुरा, नुनको प्रयोग, चिया, कफी, कोकजस्ता क्याफिनजन्य पेय नखाने । रेड वाइन तथा चकलेट पनि नखानु नै वेश हुन्छ । 

याद राख्नुहोस् 
गर्भनिरोधक चक्की/पिल्स वा हार्मोन रिप्लेसमेन्ट थेरापीका लागि औषधि खानेहरूको पीडाको मात्रा बढ्दो छ भने चिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ । 

 

महिनावारीसँग असम्बन्धित स्तनको पीडा 
यस प्रकारको पीडा साधारणतया ४० वर्ष नाघेका महिलामा बढी देखा पर्छ । एक वा दुवै स्तनमा महसुस हुने यो पीडा महिनावारी सुरु भैसकेपछि पनि हराउँदैन । पीडा केही दिन हराउने र फेरि देखा पर्ने हुन्छ वा महिनाभरि नै लगातार दुखिरहन्छ । यस किसिमको पीडाको स्रोत स्तन तन्तु वा त्यस वरपरका अङ्गजस्तै छातीका मांसपेशी वा जोर्नी हुन सक्छन् । 

के गर्ने ? 
धेरैजसो महिलामा यस्तो पीडा केही समयपछि हराएर जान्छ तर धेरै महिनासम्म कायम रहे वा घर, कार्यालयको कामकाजमै बाधा पर्न थाले वा बढी पीडा भए चिकित्सकको सल्लाहमा औषधि खान सकिन्छ । 

 

याद राख्नुहोस्
स्तनपान गराइरहेकी महिलाको हकमा स्तन दुख्ने, रातो हुने, सुन्निने र गाँठो पर्ने लक्षण देखिए स्तनमा पीप जम्मा भएको हुन सक्छ । चिकित्सकको सल्लाहअनुसार पीडा कम गर्ने औषधि खाँदा, तातोले सेक्दा तथा एन्टिवायोटिक्सले मद्दत गर्छ । अवस्था हेरी सानो शल्यक्रिया गरी स्तनको तन्तु बीचमा जमेको पीप निकाल्नुपर्ने हुनसक्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement