Advertisement
Advertisement
Advertisement
Advertisement

सुतेको बेला घुर्ने समस्या छ ? यसो गर्नुहोस् !

  |      14:56:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १८, काठमाडौं । धेरैजना सुतेको बेला घुर्ने गर्छन् । आफूले घुरेको धेरैलाई थाहा हुँदैन । तर सँगै र नजिक सुतेको मान्छेलाई उसको घुराईले हैरान नै बनाउँछ । विदेशमा घुर्ने समस्याकै कारण श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेद भएको उदाहरण छ ।

 

 

विश्वमा १८ प्रतिशत पुरुष र २४ देखि २७ प्रतिशत महिलामा घुर्ने समस्या देखिएको छ । नेपालमा भने महिलाको तुलनामा पुरुषमा घुर्ने समस्या धेरै देखिएको डाक्टरहरु बताउँछन् ।

लक्षण स्
– श्वास अड्किएको जस्तो हुने ।
– बिहान उठ्दा पनि फ्रेस अनुभव नहुने ।
– गाडी चढ्ने बित्तिकै निद्रा लाग्ने ।
– कुनै कार्यक्रमा बस्दा पनि धेरै हाई आउने वा निदाउने ।
– दिनभर नै थकान महसुस हुने ।
– यो सबै कुरा सोधेर मात्रै थाहा हुन्छ । त्यसलाई स्लिप स्टडी भनिन्छ । बिरामीलाई एकदिन निगरानीमा राख्ने, अनि सोध्ने गरेर मात्रै थाहा हुने हो ।

 

 

कारण
– काम गर्ने समयको अभाब ।
– कसैलाई जन्मदैमा नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्ने हुन्छ ।
– युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।
– वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर भएमा पनि घुर्ने समस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्ने समस्या हुन सक्छ ।
– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्ने समस्या हुने गर्दछ ।
– श्वासनलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भएर घुर्ने समस्या हुन्छ ।
– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।

 

 

निम्त्याउने जोखिम
– घुर्ने समस्या भएकाहरु चिढचिढ स्वभावका, डाह गर्ने, छिट्टै रिसाउने, उपलब्धिबाट सन्तोष लिन नसक्ने, चाँडै निराश भईहाल्ने र चञ्चले स्वभावका हुन्छन् ।
– यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलतामा कम हुन्छ ।
– घुर्ने बानी भएकाहरुलाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हर्मोनहरुको शारीरिक स्तर तलमाथि हुन जान्छ ।
– अचानक मृत्यु हुन सक्छ ।
– दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध बिच्छेदसम्म हुन सक्छ ।
– हर्मोनहरू तलमाथि हुँदा र मेटाबोलिक गडबडी हुँदा तौल बढ्छ ।
– निद्रा पूरा हुन नपाउँदा दिउँसो निद्राले सताउँछ । जीउ गल्ने अल्छी लाग्ने हुन्छ ।
– फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण हुन्छ ।
– स्मरणशक्ति हराउने हुन्छ ।
– मुटुको चालमा समस्या आउछ ।
– हृदयघातको सम्भावना हुन्छ ।
– डिप्रेसन हुन्छ ।
– एन्जाईटी बढ्छ ।
– धेरै डराउने र आत्तिने हुन्छ ।

उपचार तथा ध्यानदिने कुरा
– आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने
– मोटोपन घटाउने, शारीरिक कसरत गर्ने,
– धूमपान र मध्यपान नगर्ने ।
– नियमित व्यायाम गर्ने । कम्तिमा ३० मिनेट हिँड्ने
– सुत्ने कोठामा टीभी नराख्ने,
– सुत्ने र उठ्ने एउटै तालिका बनाउने,
– सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,
– सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,
–पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ । मुखमा राख्ने मेसिन हुन्छ त्यो रातमा मुखमा लगथाएर सुत्ने हो । जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्याको समाधान हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement