►विष्णुप्रसाद पोखरेल
चैत २४, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक अपाङ्गता भएकी महिलाको डिम्बाशयमा रहेको ४ केजी तौलको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।
बोल्न नसक्ने पाँचथरको मिक्लाजुङ ४ की सानीमाया मुखियाको डिम्बाशयमा रहेको ट्यूमर बढ्दै गएपछि यो अवस्था आएको उपचारमा संलग्न महिला रोग विशेषज्ञ डा. सीता राईले बताइन् ।
बिरामीका आफन्तले बताएअनुसार खान अरुची हुने, दुख्ने, लगायतका समस्याहरु सांकेतिक रुपमा बताउन थालेपछि जाँच गर्दा ट्युमर रहेको पाइएको थियो । उनको पेट पनि फुलेको थियो ।
शल्यक्रिया गरेर निकालिएको ट्यूमर
सानो ट्यूमरहरु औषधि खाएर पनि जाने भएपनि ठुलो भएपछि शल्यक्रियाको विकल्प नहुने गरेको डा। राईले बताइन् । यो बढीमात्रामा २५ देखि ५० वर्ष उमेर समूहका महिलामा हुने उनले जनाइन् ।
अस्पतालको अनुसार मुखियाको स्वास्थ्य अवस्था सामान्य छ । ट्यूमर निकालेपछि बिरामीले निक्कै खुसी भएर आउनेहरुलाई सांकेतिक रुपमा आफ्नो भनाइ राख्ने गरेको जनाईएको छ ।
लाइफलाइन अस्पतालका प्रशासक सिम्रिक गिरीका अनुसार डा. सीता राई, डा. राजेश्वरप्रसाद शाह र डा. विकास सुवेदी सहितको टोलीले मुखियाको ट्यूमरको शल्यक्रिया गरेको थिए ।
स्रोत : महिला खबर