Advertisement
Advertisement
Advertisement
Advertisement

साइवर अपराधलाई उन्मूलन गर्ने सहास जुटाउदै एक भारतिय युवती, ५० हजार प्रहरीलाई तालिम दिएर गिनिज बुकमा नाम लेखाइन्

  |      12:42:00   |  
web image
web image

असार २३, काठमाडौं ।  भारतको  बढ्दो साइवर क्राइम मार्फत अपराध गर्ने जोकोहिलाई सजाय दिलाउन सफल बहादुर केटीको नामले संसारभर परिचय बनाएकी कामक्षीको नाम गिनिज वुक अफ वल्र्डमा दर्ता भएको छ । 

अनलाईन मार्फत अपराध गर्ने तथा केटीहरुलाई दुव्र्यवहार गर्छ भने यस्ता मानिसहरुबाट बच्नुपर्दछ । अन्यथा ज्यान जान सक्छ । भारतको गाजियाबादकी कामाक्षी शर्माले यस्तै खालका अपराधीहरुलाई सजाय दिने पहल गरिन् । कामक्षीले साइबर क्राइमको रोकथामप्रति हरेक व्यक्ति जागरुक हुनुपर्ने भन्दै ५० हजार पुलिसहरुलाई साइबर क्राइमको ट्रेनिङ्ग दिएर संसारकै बहादुर केटीको रुपमा आफूलाई वल्र्ड बुक रेकर्ड र एशिया बुक आफ रेकर्डमा आफ्ना नाम दर्ज गराएकी हुन् । 

जब कलेजमा अध्ययन गर्दा ताका उनले क्रिमिनल व्यक्ति र मस्ती गदै हिड्ने खालका मानिस देखिन् उनको मनमा त्यस्ता मानिसहरुको आइडी ह्याक गर्ने र सजाय दिलाउने सोच जाग्यो। खासमा उनीहरु साइवर क्राइम गरेर अरुलाई धोखा दिन्छन् भने प्रहरीले यस्ता मानिसहरुलाई समातेर सजाय दिनुपर्छ भन्ने कुरा मनमा आएपछि उनले प्रहरीको साथमा काम गर्न थालेकी हुन् । 

यसैक्रममा उनले आफ्ना साथीहरुको आईडी ह्याक गर्न थालिन र  आज उनलाई साइबर क्राइमको संसारमा प्रसिद्ध बनायो । कामाक्षी भन्छिन्, ‘ जब ह्याकर ह्याक गरेर धोखाधडी गर्न सक्छ भने यस्तालाई पुलिसले किन नसमात्ने अनि सजाय किन नदिने त । यसकारण पुलिस अधिकारीहरुको साथमा काम गरेर ह्याकरहरु समात्न मैले सहयोग गर्न थालेकी हँु । 

कामक्षी सन् २०१७ देखि पुलिस अधिकारीहरुको सम्पर्कमा बसिन् । यो समयमा उनी फोन ट्रेस तथा ठेगना ट्रेस गरेर पुलिसहरुलाई सहयोग गर्न थालिन् । उनले आफ्नो पहिलो २ वर्षे मिसन यसरी नै पूरा गरिन् । उनले जम्मुकास्मीरदेखि कन्याकुमारीसम्मका पुलिसहरुलाई ह्याकरसम्म पुग्न सकिने तालिम दिइन् । ३५ दिनमा ५० हजार पुलिसहरुलाई साइवर क्राइम बारे प्रशिक्षण गराउन सफल भइन् ।  

कामक्षीका अनुसार अहिलेको महामारीको समयमा अधिकांश मानिस घर बाट काम गर्नु पर्ने बाध्यता भयो । यो बेलामा झनै साइबर अपराधीहरु जुर्मुराएको उनले बताइन् । जस्तो कतिपय केटीहरुको फोटोलाई गलत प्रयोग गर्ने । साइवर क्राइम मार्फत लाखौं रुपैयाँ क्षति भएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्ता समस्यालाई चिर्नका लागि कामक्षीको ठूलो योगदान छ । 

कामक्षी यो काम बाहेक अरु धेरै खोज अनुसन्धनात्मक एजेन्सीसँग जोडिएर काम गछ्र्रिन् ।  उनी आर्मीहरुको साथमा पनि फ्रिलाइन्सरको रुपमा कार्यरत छिन् ।  यतिबेला भारतमा कुनै साइबर क्राइम अपराधले समस्यामा परेका जोकोहिले पनि उनलाई तुरुन्त सम्पर्क गर्ने गर्छन् । र उनी पनि अपराधीसम्म पुग्नका लागि आफ्नो ल्याकतले भ्याएसम्म सबैलाई सहयोग गर्ने गर्छिन् । आज उनको यहि सहासले धेरै केटीहरुले न्याय पाएका छन् । उनको यो सहासकै कारण आज उनी भारतमा सहासि महिलाको रुपमा परिचित छिन् । साथै अहिले उनको परिचय बहादुर केटीको नामले संसारभर नै छाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement