काठमाडौं। पाँचखाल नगरपालिकाको वडा नं ३ को सबै पदमा नेकपा एमालेले महिलालाई उम्मेदवार बनाएको छ । वडाअध्यक्ष, खुल्ला सदस्यसहितका ५ पदमा महिलालाई उम्मेदवार बनाएको हो । विमला शर्मा अधिकारी वडाअध्यक्ष, रोहितकुमारी हुमागाईं, पार्वती लुइँटेल खुल्ला सदस्य, निरु नेपाल महिला सदस्य र मैना सार्कीले दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
अध्यक्षका लागि अधिकारीसहित निरु नेपाल, फाल्गुनप्रसाद दाहाल, उत्तम न्यौपाने, खेसराज लामिछाने र शम्भु थापाले दाबी गरेका थिए । वडामा सर्वसम्मत नभएपछि जिल्लाले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । अन्य सदस्य भने सर्वसम्मत भएका हुन् । कांग्रेसका सुन्दर अधिकारी र नेकपा ९माओवादी केन्द्र०का रमेश गिरी वडाअध्यक्षका उम्मेदवार बनेका छन् ।
अध्यक्ष पदकी उम्मेदवार अधिकारीले नमुना वडाको रुपमा विकास गर्न महिलाको टिम उठेको बताइन् । ‘महिलाको मात्रै टिम बन्छ भने हामी पछि हट्न तयार छौँ भनेर पुरुष साथीहरुले भने,’उनले भनिन्, ‘अहिले सबैको साथ र सहयोग छ ।’ अध्यक्ष जिते उनले महिलाका मुद्धा र टोलबस्तीका विकासका आवश्यकता पूरा गर्ने दाबी गरिन् ।
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...