काठमाडौं ।
लसुन
फाइदा : उच्च रक्तचाप तथा कोलस्ट्रोलको मात्रा कम गर्न मद्दत पुर्याउँछ। एन्टी भाइरल तथा एन्टी ब्याक्टोरियायुक्त भएकाले इन्फेक्सनमा लड्न सहयोगी हुन्छ। यसको सेवनले जाडोमा नाक बन्द हुन तथा रुघा लाग्नबाट जोगाउँछ।
बेफाइदा : सास गन्हाउँछ। काँचो लसुन खाए अपच हुन सक्छ।
बेसार
पेटमा चुर्ना परेको छ भने १ चम्चा बेसारको धूलो बिहान खाली पेटमा ताजा पानीका साथमा खानुपर्छ। नियमित रूपमा एक सातासम्म यो उपाय अवलम्बन गरे पेटका चुर्ना नष्ट हुन्छन्। यो मिश्रणमा थोरै नुन पनि मिसाउन सकिन्छ। अनुहारको दाग(धब्बा तथा चायाँ हटाउन बेसार तथा कालो तिललाई बराबर मात्रामा मिसाएर पेस्ट बनाई लगाउन सकिन्छ। बेसार तथा दूधको पेस्ट अनुहारमा लगाउँदा छालाको रंगमा निखार आएर अनुहार चम्किलो देखिन्छ।