भाद्र ६, काठमाडौं । आगामी शुक्रबारदेखि ललितपुरमा तीन दिने महिला उद्यमी मेला आयोजना हुने भएको छ ।
साना तथा मझौंला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महिला उद्यमी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने मेला ३ दिनसम्म चल्नेछ । करिव ६० वटा स्टल रहने मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु प्रर्दशन गरिने साना तथा मझौंला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जनले जानकारी दिए ।
‘एक घर, एक व्यवसाय’ लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक इन्दु पौडेलले बताए ।
तीजलाई लक्षित गरेर आयोजना गर्न लागिएको सो मेलामा १५ हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।