Advertisement
Advertisement
Advertisement
Advertisement

यसकारण खस्छ पाठेघर

  |      13:07:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २९, काठमाडौं । पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ। पाठेघर खस्ने समस्याले धेरै नेपाली महिला पीडित छन्। यसलाई बोलीचालीको भाषामा आङ खस्ने पनि भनिन्छ। आखिर पाठेघर खस्ने समस्या किन हुन्छ रु यो समस्या आउनै नदिन वा आइसकेपछि के गर्नुपर्छ रु   

 

प्रस्तुत छ– यस विषयमा नागरिक दैनिककी पवित्रा सुनारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक डा. गेहनाथ बरालसँग गरेको संवादः

 

यो सेवामा लागेको कति वर्ष भयो ?

२७ वर्ष भइसक्यो। सेवाकै क्रममा देशका विभिन्न क्षेत्रमा सरुवा भएर पुगेको पुगेको छु। काठमाडौंसहित धादिङ, विराटनगर, पोखरा, भद्रपुर, भरतपुरलगायतका ठाउँमा गएर सेवा दिएको छ। स्वास्थ्य शिविरका क्रममा देशका पूर्वदेखि पश्चिम सम्मका सबै जिल्लामा पुगेको छु।

 

नेपालमा पाठेघर खस्ने समस्या कतिको छ ?

भयावह छ। पाठेघर खस्ने समस्या नभएका नेपाली महिला भेट्टाउन मुस्किल छ।  

 

पाठेघर खस्ने भनेको खासमा के हो ?

पाठेघर आफ्नो स्थानमा हुन्छ। यसलाई एक प्रकारको तन्तुले अड्याएको हुन्छ। कुनै कारणले तन्तु तन्किएर या च्यातिएर पाठेघर अडिन सकेन र आफ्नो स्थानबाट केही तल वा पूरै तल खसेको अवस्थालाई ‘पाठेघर खस्ने’ भनिन्छ।

 

पाठघेर अडिनका लागि के–को सहयोग चाहिन्छ ?

शरीरका सबै अंगहरू हड्डी तथा तन्तुले अडिएका हुन्छन्। त्यसैगरी पाठेघर पनि तन्तुको भरमा अडिएको हुन्छ। पाठेघरदेखि तलको भागसम्म रहेको यो तन्तु बच्चा जन्मिने बेला तन्किन्छ।  राम्रोसित प्रसूति नभएमा, बच्चा धेरै ठूलो भएमा, शल्यक्रिया नगरी बच्चा जन्माएमा, बच्चा जन्माउँदा लामो समय व्यथा लागेमा पाठेघर अड्याउने तन्तु कमजोर हुन्छ। बच्चा जन्मिसकेपछि पनि पहिलाका तन्तुहरू विस्तारै आफ्नो पुरानै अवस्थामा फर्किन्छन्। यसका लागि सुत्केरीले आराम गर्ने, गह्रौं काम नगर्ने तथा पौष्टिक खाना खाने गर्नुपर्छ।   यसो नगरी सुत्केरीकै बेला जथाभाबी काम गर्ने, पौष्टिक आहार नखाने गरियो भने तन्केको त्यो तन्तु सामान्य अवस्थामा फर्किन सक्दैन। बरु अझ कमजोर भएर उल्टै पाठेघर झर्न थाल्छ। त्यसमा पनि सुत्केरीलाई कुपोषण छ भने त झरेको झर्‍यै हुन्छ। अझ वर्षैपिच्छे बच्चा पाएमा तन्तुमा भार थपिएर यो झन्–झन् कमजोर बन्दै जान्छ। गर्भवती भएका बेला यसै पनि शरीरका सबै तन्तु नरम भएका हुन्छन्। पटक–पटक र छिटो–छिटो असुरक्षित तरिकाले बच्चा पाउँदा पाठेघर खस्छ। प्रसूति सेवाप्रदायक छैनन् र स्वास्थ्य संस्थामा नगइकन सुत्केरी भएमा पाठेघर खस्ने जोखिम धेरै हुन्छ। यसलाई असुरक्षित प्रसूति भनिन्छ। बच्चा पाउनु नै पाठेघरका लागि आफैँमा जोखिमको कुरा हो।

 

गर्भपतन गराउँदा पाठेघर खस्ने समस्या हुन्छ कि हुँदैन ?

चिकित्सकले तोकेको अवधि भित्रको गर्भपतन गराएमा सामान्यतया पाठेघर खस्ने समस्या आउँदैन। २२ हप्ताभन्दा मुनिका गर्भ, पतन गराएमा सामान्यतया यो समस्या हुँदैन। तर तोकेको अवधिभन्दा बढीको गर्भ पतन गराएमा, अदक्ष स्वास्थ्यकर्मीले जबर्जस्ती पाठेघर तानेमा पाठेघर खस्ने जोखिम हुन्छ।

 

पाठेघर खसेर यो अस्पतालमा आउने बिरामी कति छन् ?

पहिलाको तुलनामा कम भएका छन्। कारण पछिल्लो समय पाठेघर खसेको उपचार स्थानीय स्तरमै एवं गैरसरकारी स्वास्थ्य संस्थाहरूमै हुने गरेका छन्। स्थानीय स्वास्थ्य संस्थाहरूले नै, खसेको पाठेघरमा रिङ पेसरी लगाइदिन्छन्। तसर्थ गम्भीर अवस्थाका बिरामी मात्र हामीकहाँ आउँछन्।

 

शल्यक्रिया गर्ने पर्ने अवस्थाका बिरामी कति आउँछन् ?

त्यस्ता बिरामीको यस अस्पतालमा दैनिक शल्यक्रिया भइरहेको हुन्छ। शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी महिनामा ३० जनाभन्दा बढी आउँछन्।

 

शल्यक्रिया गर्न नपर्ने तर पाठेघर खसेका महिला चाहिँ कति आउँछन् ?

यसको एकिन तथ्यांक त छैन। अनुमानित दैनिक ५ देखि १० जनासम्म आउँछन्। तीमध्ये एकदेखि दुई जनासम्म शल्यक्रिया गर्नुपर्ने अवस्थाका हुन्छन्। शल्यक्रिया गर्न नपर्नेहरूलाई रिङ राखेर पठाउँछौ।

 

पाठेघर खस्ने समस्या भएकाहरू कुन उमेरका छन् ?

धेरैजसो ४५ देखि ५० वर्षसम्मका छन्। यद्यपि ४० देखि ६० वर्षसम्मकै महिलामा यो समस्या देखिन्छ। गाउँमा भएका स्वास्थ्य शिविरहरूमा जाँदा उक्त उमेरभन्दा कमका महिलामा पनि पाठेघर खस्ने समस्या पाइएको छ। गाउँतिर ३० वर्षकै उमेरमा पनि पाठेघर खस्ने समस्या भएको पाइन्छ।  कारण के हो भने त्यहाँ यही उमेरभित्र तीनवटासम्म बच्चा पाइसकेका हुन्छन्। यसकारण पाठेघर खस्ने समस्या पनि सानै उमेरमा भएको हो।

 

भनेपछि पाठेघर खस्ने समस्याबाट पीडित महिला सहरमा भन्दा गाउँमा बढी छन् ?

हो, गाउँमा सानै उमेरमा विवाह गर्ने चलन छ। सानै उमेरमा  बच्चा पाउँछन्। सानैमा बिहे गर्ने कारण पढाइ पनि कम हुन्छ। परिवार नियोजनबारे जानकारी नहुँदा छिटो–छिटो९कम अवधि अन्तरमा०बच्चा पाउँछन्। आमा र शिशुको हेरचाह कसरी गर्ने भन्ने ज्ञान पनि गाउँमा कम हुन्छ। गाउँमा बाटोघाटो पनि उस्तै हुन्छन्। उकालो–ओरालो हिँड्नुपर्छ। गह्रौं भारी बोक्नुपर्छ। भनेकै बेला अस्पताल पनि जान पाइँदैन। यस कारण दुर्गम गाउँका महिलामा पाठेघर खस्ने समस्या बढी हुन्छ।   गाउँको तुलनामा सहरमा अस्पताल लगायतका सुविधा हुने भएकाले यहाँ यो समस्या कम हुने गरेको हो।

 

नेपालमा पाठेघर खस्ने समस्या देखिनाको मुख्य कारण के हो ?

हाम्रो देशमा अशिक्षा, भौगोलिक विकटता, स्वास्थ्यबारे जनचेतना अभाव, बालविवाह, दक्ष स्वास्थ्यकर्मीको कमीजस्ता कारणले पाठेघर खस्ने समस्या बढी भएको हो। सानै उमेरमा विवाह गर्दा लामो समयदेखि यौन सम्पर्क हुने भएकाले यौन रोगको जोखिम पनि बढी नै हुन्छ।  जसका कारण पछि गएर पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ।

 

शिक्षा नभएका र विपन्न वर्गका महिला यसमा बढी पर्छन् होला ?

हो, धेरैजसो विपन्न र अशिक्षित महिला यो समस्याको चपेटामा बढी परिरहेका छन्। किनकि उनीहरूमा रोग र स्वास्थ्यबारे जानकारी कम हुन्छ। उनीहरू पाठेघर दुई डिग्रीभन्दा बढी तल झरेपछि मात्र उपचारमा आउने गरेको पाइन्छ।

 

पाठेघर खसेपछि कस्ता लक्षण देखापर्छन् ?

योनीबाट केही निस्केजस्तो हुने, पानी बग्ने, कतिपयलाई छिटो–छिटो पिसाब लाग्ने, संक्रमण भएर पनि छिटो–छिटो पिसाब लाग्ने हुन्छ, कतिलाई पिसाब रोकिने समस्या पनि हुन्छ। पाठेघरसँगै दिसा गर्ने भाग पनि तल झर्ने हुनाले दिसा गर्न पनि समस्या हुन्छ। पिसाब फेर्दा एकै पटकमा सबै निस्कँदैन। पाठेघरभित्र पसाएपछि मात्र पिसाब निस्कन्छ। पाठेघर धेरै झरेको छ भने यौन सम्पर्क गर्दा पनि अप्ठेरो हुन्छ। यस्तो समस्या लिएर पनि उपचारमा आउने गरेका छन्। पाठेघरसम्बन्धी समस्याकै कारण दुर्गम पहाडतिर पतिले अर्को विवाह गरेको पनि देखिन्छ। आफ्नो समस्याकै कारण पतिले अर्को विवाह गरेको भनेर महिलाले पनि यसलाई स्वीकार गरेका हुन्छन्।

 

पाठेघर खसिहाल्यो भने थप नखोस् भन्नाका लागि कुनै उपाय छ कि ?

केही व्यायाम छन् जुन गरेपछि केही नियन्त्रण गर्न सकिन्छ। शरीरको तल्लो भागलाई माथि तानेजस्तो गरेर दिनको तीनपटक ६ महिनासम्म गरेमा केही नियन्त्रण हुन्छ। साथै योनीभित्र रिङ पनि राख्नुपर्छ। यो स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन्। बजारमा दुई प्रकारका रिङ छन्। एउटा रबरको, अर्को सिलिकनको। यीमध्ये सिलिकनको रिङ स्वास्थ्यका लागि राम्रो मानिन्छ। रबरको तीन–तीन महिनामा फेर्नुपर्छ तर सिलिकनको रिङ सफा गरेर पुनः राख्न मिल्छ।

 

पाठेघर खस्ने समस्या उपचारका लागि सरकारको नीति तथा कार्यक्रम कस्तो छ त ?

पाठेघरको निःशुल्क शल्यक्रियाको व्यवस्था सरकारले गरेको छ। शल्यक्रिया गर्न आउनेलाई सरकारले यातायात खर्चसमेत दिने गरेको छ।

 

पाठेघर खस्नै नदिने उपाय के छ ?

गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम मात्र गर्न सकिन्छ। प्रसूतिपछि यौन अंगहरू सामान्य अवस्थामा फर्किन कम्तीमा ६ हप्ता लाग्छ। त्यसकारण यस अवधिमा नियमित पौष्टिक खाने कारण के हो रु
हाम्रो देशमा अशिक्षा, भौगोलिक विकटता, स्वास्थ्यबारे जनचेतना अभाव, बालविवाह, दक्ष स्वास्थ्यकर्मीको कमीजस्ता कारणले पाठेघर खस्ने समस्या बढी भएको हो। सानै उमेरमा विवाह गर्दा लामो समयदेखि यौन सम्पर्क हुने भएकाले यौन रोगको जोखिम पनि बढी नै हुन्छ।  जसका कारण पछि गएर पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ।

 

सुत्केरीपछि पाठेघरका तन्तु पहिलेकै अवस्थामा फर्किन कति समय लाग्छ ?

सबै तन्तु सामान्य अवस्थामा फर्किंदैनन्। जुन सामान्य अवस्थामा आउने तन्तुहरू हुन्छन् ती ६ हप्तामै आइसक्छन्। यौन अंगको नली केही ठूलो भएको हुन्छ। पछि यो केही सानो भएर आउँछ। पूरै पहिलेकै जस्तो चाहिँ हुँदैन। केही तन्तुहरू यस्ता छन् जुन जिन्दगीभर पहिलेको अवस्थामा आउँदैनन्।

 

सुत्केरीका बेला खोक्दा पनि पाठेघर खस्छ भन्छन् नि ?

खोक्दा पेटको तन्तुमा दबाब पर्छ गह्रौं भारी बोकेजस्तै। सबै भागलाई केही न केहीले अड्याएको हुन्छ। त्यसकारण जाडो मौसमका सुत्केरी खोकीबाट बच्न न्यानो बस्नुपर्छ।

 

पाठेघर तथा मलद्वारको उपचार भनेको कस्तो हुन्छ ?

पाठेघर खस्यो भने सपोर्टिभ भाग सिलाइन्छ। सिलाएर मात्र नहुने अवस्था छ भने पाठेघर नै निकालेर शल्यक्रिया गरिन्छ। शल्यक्रियामा सबैलाई पाठेघर नै फाल्नुपर्ने अवस्था आउँदैन। बच्चा पाउनै पर्नेको हकमा निस्केको पाठेघर माथि निकालेर पनि शल्यक्रिया गरिन्छ। तर बच्चा शल्यक्रिया गरेरै निकाल्नुपर्छ। अन्यथा पुनः भित्री भाग च्यातिन सक्छ।

 

अन्य होसियारी अपनाउनुपर्ने के छन् ?

लामो व्यथा लाग्न नदिने, यस्तो अवस्था आयो कि आएन भन्ने जान्न तालिम प्राप्त स्वास्थ्यकर्मी स्थानीय स्तरमै हुनुपर्‍यो। यदि नजिकका स्वास्थ्य संस्थामा यो सुविधा छैन भने स्थानीय जनप्रतिनिधिले ध्यान दिनुपर्‍यो। नजिकै स्वास्थ्य संस्था नभएका ठाउँमा स्थानीय शिक्षक, स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि मिलेर प्रसूति कोष खडा गर्नुपर्छ र गर्भवतीलाई सुविधायुक्त स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ। यो दायित्व सिंगो समाजको हो। नागरीक खबर खाने, आराम गर्ने र बच्चालाई दूध चुसाउने गर्नुपर्छ। यसपछि पनि यी अंगहरू सामान्य अवस्थामा फर्किसकेका हुँदैनन्। यसैकारण सरकारले १४ हप्ता सुत्केरी बिदा दिन थालेको हो।

 नागरीक खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement