Advertisement
Advertisement
Advertisement
Advertisement

म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन

  |      10:56:00   |  
Web : Image
Web : Image

चैत २०, । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् ।

मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ रहेको छ ।

सेनाको कडाईः

म्यानमारमा सेनाले विरोधको व्यापक दमन गरिरहेको छ । यसैबीच म्यानमारमा संयुक्त राष्ट्रका दूतका अनुसार ‘यहाँ थप रगत बग्ने खतरा छ’ । यसैबीच सीमान्त इलाकामा सेना र जातीय अल्पसंख्यक समूहबीचको संघर्ष तीब्र हुँदै गएको छ ।

म्यानमारमा अशान्तिको सुरुवात करिब दुई महिना अघि भएको थियो । त्यतिबेला सेनाले चुनावमा धाँधलीको आरोप लगाउँदै सैन्य कू गरेको थियो । चुनावमा आङ सान सूचीका पार्टी एनएलडीले जबरजस्ती जीत हासिल गरेको आरोप लगाइएको थियो ।

सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध जाहिर गरे । सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे । पछि रबरको गोली चलाइयो । त्यसपछि गोली नै चलाइयो ।

शनिबार सबैभन्दा जोडदार संघर्ष भयो । त्यस दिन सयभन्दा बढीको मृत्यु भयो ।

प्रत्यक्षदर्शीका अनुसार सेनाले सडकमा भएका मानिसहरुमाथि अचानक हमला गरे । केही मानिसहरुको मृत्यु उनीहरुको घरभित्रै भयो ।

हमलामा ज्यान गुमाउने ६ वर्षकी बालिका म्यो चितका परिवारले बीबीसीसँगको कुराकानीमा मार्च महिनाको अन्त्यमा मांडलेस्थित उनको घरमा छापा मारेको बताए । त्यस क्रममा बालिका आफ्नो पिता भएठाउँ दौडिएर काखमा बस्न जाँदा उनलाई प्रहरीले गोली हानेर हत्या गरे ।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement