Advertisement
Advertisement
Advertisement
Advertisement

मेकअप गर्ने घरेलु उपाय

  |      18:13:00   |  
मेकअप गर्ने घरेलु उपाय


मानिसहरू घर वा भँन्सामा प्रयोग हुने वस्तुलाई त्यति वास्ता गर्दैनन् । तर स्वास्थ्य र सौन्दर्यका दृष्टिले भान्सामा प्रयोग हुने तरकारी, फलफूल, काजु, ओखर एवं बदाम आदि उपयोगी हुन्छन् । यसबाट हामीले फिलिजिङ, टोनर, स्क्रव, फेसप्याक बनाएर दिनहँु, हप्ता वा महिना दिनमा प्रयोग गरी स्वस्थ र सुन्दर छाला प्राप्त गर्न सक्छौं । सौन्दर्य वृद्धि गर्न रसायन मिसाइएका सामानभन्दा घरमा भएका सामान प्रयोग गरे इन्फेक्सनको डर हुँदैन अनि समय र पैसाको पनि बचत हुन्छ ।

–बदाम तथा नरिवलको दूध र ओखरको तेललाई समान मात्रामा मिसाएर क्लिजिङ गर्न सकिन्छ । 
–दूध र टमाटर मिसाएर अनुहारमा लगाउन सकिन्छ । यसमा भिटामिन र मिनरल्स दुवै पाइन्छ । यसले क्लिजिङको काम गर्छ । 
–१/४ कप बन्दाको रसमा १/४ कप नरिवलको दूध र आधा चम्चा बदामको तेल मिसाएर बनाइएको मिश्रण अनुहार तथा घाँटीमा लगाएर मसाज गरेपछि पानीले पखाल्ने । यो क्लिजिङ जुनसुकै उमेरका लागि उपयुक्त हुन्छ । 
–१ चम्चा काजु पाउडर, १ चम्चा गुलाबको पेस्ट र दूध मिसाएर अनुहारमा लगाउने, हल्का हातले स्क्रव गर्ने । अन्त्यमा मनतातो पानीले धुने, छाला मुलाईम हुन्छ । 
–काँचो दूधमा कागतीको रस तथा नुन मिसाएर कपासले विस्तारै अनुहार तथा घाँटी सफा गर्ने । यसले छालालाई सफा र कोमल बनाउँछ । 
–एउटा सानो कागतीको रसमा २ चम्चा बदामको पाउडर र १ चम्चा मह मिसाएर अनुहार तथा घाँटीमा दली ५ मिनेटपछि पानीले धुने, यसले अनुहारमा भएको मृत छाला हटाउँछ । 
–१/४ कप दहीमा अलिकति ओखर पाउडर मिसाउने । यो मिश्रण हप्ताको एकपटक लगाए अनुहारमा चमक आउँछ । 
–अनुहारमा टोनरका लागि गाजर, काँक्रा, आलु तथा सुन्तलाको रस प्रयोगमा ल्याउन सकिन्छ ।
–टमाटर काटेर अनुहारमा लगाएर सुकेपछि हल्का मनतातो पानीले धुने । यसो गर्दा छालामा देखापर्ने चिल्लोपनबाट राहत पाइन्छ । 
–४ चम्चा मुल्तानी माटो, अढाइ चम्चा दही, एउटा टमाटर तथा १० थोपाजति सुन्तलाको रस हालेर पेस्ट बनाउने अनि १५ देखि २० मिनेटजति अनुहारमा लेप गरी राख्ने अनि मनतातो पानीले धुने । यसले अनुहारलाई कसिलो तथा चम्किलो राख्न मद्दत गर्छ ।
–आधा कपजति दूध, १ चम्चा मह तथा एउटा कागतीको रस मिसाएर पेस्ट बनाउने । कपासको सहयोगले अनुहारमा लगाउने । यो पेस्ट हप्तामा एकपटक लगाउनाले अनुहारमा चमक आउँछ । 
–अदुवाको रसमा नुन मिसाएर राति सुत्ने बेलामा अनुहारमा लगाउने र बिहान पखाल्ने । यसले अनुहारको दाग एवं फोहोरलाई हटाई छालालाई स्वस्थ राख्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement