Advertisement
Advertisement
Advertisement
Advertisement

मानिसका शत्रु हुन यी बहाना

  |      00:00:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी

काठमाडौं । स्वस्थ रहन सन्तुलित आहार, व्यायाम, ध्यान एवं योगको आवश्यकता पर्छ । फिटनेसको यो गुरुमन्त्र नारी–पुरुष दुवैका लागि समान रूपमा अनिवार्य छ । यद्यपि यिनलाई प्रयोग नगर्ने अनेक बहाना हुन्छन् । समय कहाँ छ र ?


महिलाहरूका लागि यो सबैभन्दा ठूलो बहाना हो । बिहान वाक–एक्ससाइज ? समय कहाँ छ र ? बालबालिकाहरूलाई स्कुल पठाउनुपर्छ, श्रीमान्लाई अफिस फेरि घरको सबै काम पनि बिहानकै हो । महिलाहरू फोनमा लामो कुरा गर्न पछि पर्दैनन् । अभिभावकको मिटिङमा जानुपर्दा होस् वा श्रीमान्लाई एकाबिहानै ट्रिपमा जाने बेलामा वा कुनै इमरजेन्सीमा, उनीहरूको सबै बहाना सकिन्छ र उनीहरू घरको सबै काम भ्याएर बाहिर निस्कन्छन् । आफ्नो शरीरकै बलमा यी सम्पूर्ण काम गरिन्छ भने के आफ्नो त्यही शरीरका लागि आधा घन्टा समय निकाल्न सकिँदैन ?
 

एक्सरसाइज बोरिङ छ
दैनिक रूपमा एउटै पार्कमा जगिङ गर्नु, एकै खालको व्यायाम गर्नु बोरिङ हुनसक्छ । यो दिनचर्यामा परिवर्तन ल्याउनु आवश्यक छ । सातामा दुई–तीन दिन वाक गरांै । त्यसबाहेक ब्याड्मिन्टन, डान्सिङ, स्वीमिङ, योग, स्ट्रेचिङ, स्ट्रेन्थ ट्रेनिङ आदि थुप्रै विकल्प छन् । सातामा पाँच दिन कम्तीमा ६० मिनेट आफ्ना लागि समय निकालौं । दुई दिन आराम गर्नुपर्छ । जगिङ मन पर्दैन भने ब्रिस्क वाकिङ गर्नुपर्छ । ब्रिस्क वाकिङ पनि मन पर्दैन भने पैदल हिँड्ने बानी बसालौं ।

 

कम्मरमा पीडा
यो एकदमै चल्तीको बहाना हो । कम्मरमा पीडा हुनुको अर्थ हिँडडुल नै गर्न बन्द गर्नु होइन । यस्तोमा हेभी एक्सरसाइज वर्जित छ तर नर्मल रुटिनको काममा जान सकिन्छ । पैदल हिँड्नु सबैभन्दा सुरक्षित उपाय हो । यदि स्पाइनसित जोडिएको कुनै गम्भीर समस्या छैन भने सामान्य कम्मरको पीडामा पनि नियमित कामकाज गर्नुका साथै हल्का व्यायाम गर्न सकिन्छ ।

 

उमेरको प्रभाव
उमेर प्राय: बहाना बनाउने उपाय बन्छ । ४० वर्ष पुग्नेबित्तिकै अधिकांशलाई यो लोकको होइन परलोकको चिन्ता हुन थाल्छ । उमेरका सम्बन्धमा सोच्दा शरीरभन्दा बढी मन थाक्छ जुन राम्रो स्थिति होइन । हिँडडुल तथा सामान्य वर्क आउट गर्न शरीर कहिल्यै बूढो हुँदैन ।

 

एक्लै कसरी  वाक गर्ने ?
एक्लै वाक वा जिम जाने कुरालाई बहाना बनाउनु पनि स्वस्थ जीवनशैलीबाट भाग्ने एउटा बहाना हो । श्रीमान्का साथमा वाक वा जिम जानु फाइदा र रमाइलो हुन्छ तर श्रीमान्सित समय छैन भने कुनै साथीसँग जाँदा पनि हुन्छ । साथीसित वाक वा एक्सरजाइज गर्दा समयको पत्तो हुँदैन र फिटनेस रुटिनका लागि केही समय निस्कन सक्छ ।

 

म मोटी छु
लाज महसुस हुन्छ, बाहिर निस्कन गाह्रो हुन्छ । यो ठूलो बहाना हो । आफ्नो मोटो शरीरलाई बहाना बनाउनुको अर्थ शरीरलाई अझ भद्दा बनाउनु हो । बढी फ्याट भए थकान पनि चाँडै महसुस हुन्छ । मोटोपन कम गर्न वर्क आउटका साथमा डाइटलाई सन्तुलित राख्नु जरुरी छ । प्रारम्भ १५ मिनेटको वाकबाट गर्न सकिन्छ । एक्सरसाइजपूर्व आधा घन्टाअघि कुनै सानो वा मध्यम साइजको फल खानुपर्छ । व्यायामको एक घन्टासम्म केही खानु हुँदैन ।

 

म त पहिलेदेखि नै दुब्ली छु
यो पनि ठूलो बहाना हो । दुब्लो हुनुको अर्थ शरीरलाई व्यायाम आवश्यक छैन भन्ने होइन । दुब्लो हुनुको अर्थ शरीर फिट छ भन्ने पनि होइन । वर्क आउट तौल घटाउनका लागि मात्र होइन, यसले शरीर तथा मनलाई ऊर्जा प्रदान गर्छ, त्यसलाई डिटक्सिफाइ गर्छ । दुब्लो, सामान्य र मोटो शरीर सबैका लागि सामान्य वर्क आउट आवश्यक छ ।

 

बच्चा सानो छ
प्रसवपछि कतिपय महिला मोटाउन थाल्छन् । यसको प्रमुख कारण हो, उनीहरूले आफ्ना लागि समय पाउन सक्दैनन् । शरीरमा हार्मोनल परिवर्तन हुन्छ र निद्रा पनि पूरा हुँदैन तर जब शिशु ३–४ महिनाको हुन्छ, उसको रुटिनअनुरूप आफ्नो रुटिन तय गर्नु आवश्यक हुन्छ । घरमा कुनै सहयोगी भए शिशुलाई केही समय छोडेर वाक वा एक्सरसाइज गर्न सकिन्छ । घरमा कोही नभए पनि शिशुलाई लिएर नै सामान्य वाक गर्न सकिन्छ ।

 

मलाई आर्थाइटिस छ
व्यायामको सम्भावना छैन, आर्थाइटिस छ भन्ने बहाना पनि कतिपयमा पाइन्छ । वास्तवमा यो समस्या हुँदा पनि वाक र वर्क आउटले फाइदा गर्छ । स्ट्रेन्थनिङ, स्ट्रेचिङ तथा एरोविक्सबाट मांसपेशी बलियो हुन्छ र जोर्नीमा दबाब कम हुन्छ । एक्सरसाइजबाट अत्तिरिक्त बोसो मात्र होइन पीडा पनि कम हुन्छ र आराम प्राप्त गर्न सकिन्छ । नयाँ शोधअनुसार आर्थराइटिस, क्यान्सर, सर्वाइवर्स, स्ट्रोक पीडितसहित पार्किसन्स आदिमा एक्सरसाइजबाट फाइदा हुन्छ । यद्यपि यसका लागि पहिले चिकित्सक वा फिजियोथेरापिस्टको सल्लाह आवश्यक छ ।

 

घरमा धेरै काम छ
घरेलु काम गर्दा वर्क आउट हुन्छ तर जब यो रुटिनमा आउँछ यसबाट अपेक्षित लाभ प्राप्त हुँदैन । जुन रूपमा व्यायाममा केही परिवर्तन आवश्यक छ त्यसैगरी घरेलु कामकाजका साथमा वाक, जगिङ, योग एवं ध्यान गर्नाले शरीरलाई बढी फाइदा हुन्छ ।
अत: बहाना छोडौं, वर्कआउट गरौं, स्वस्थ शरीर प्राप्त गरी दीर्घजीवी बनौं ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement