Advertisement
Advertisement
Advertisement
Advertisement

महिला खबरकी सम्पादक घले अमेरिकामा सम्मानित

  |      10:22:00   |  
महिला खबरकी सम्पादक घले अमेरिकामा सम्मानित

काठमाडौं । महिला खबर अनलाइनकी सम्पादक प्रेमकुमारी घले अमेरिकामा सम्मानित हुनुभएको छ । महिला खबर सञ्चारिका समूहद्धारा सञ्चालित नेपालको पहिलो डिजीटल पत्रिका हो ।

संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च ९युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु० मा सहभागी हुन अमेरिका पुग्नुभएकी घलेलाई न्यूयोर्क शहरमा रहेको तमू परिवारले सम्मान गरेको हो । सम्पादक घलेसँगै तमू परिवारले फोरममा सहभागी राष्ट्रिय अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ र पत्रकार मच्छे गुरुङलाई पनि सम्मान गरेको छ ।

उहाँहरूलाई तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्बर बहादुर गुरुड, उपाध्यक्ष मनिता गुरुड, सचिव डिबी गुरुड लगायतले सम्मान गर्नुभएको हो ।
गुरुड समुदायमा जन्मेर आफ्नो समुदाय र राज्यका लागि महत्त्वपूर्ण योगदान पुरयाएको र शक्तिशाली देश अमेरिकाको मुख्यालयसम्म आवाज उठाउन सफल भएको भन्दै उहाँहरूलाई सम्मान गरिएको तमु परिवारले जनाएको छ ।

विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घले हाल संचारिका समूहद्धारा संचालित महिला खबरको सम्पादक हुनुहुन्छ । उहाँ लमजुडको सामुदायिक रेडियो मस्र्याडदीका सचिव तथा निर्वातमान स्टेसन म्यानेजर, पूर्व कान्तिपुर संवाददाता, सामुदायिक रेडियो प्रसारक सङ्घको केन्द्रीय सदस्य लगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

राष्टिय आदिवासी जनजाति अपांग महिला संघनेपालका अध्यक्ष प्रतिमा गुरुड पद्यमकन्या क्याम्पसका प्राध्यापक तथा लैगिक तथा अपांगता भएका जनजाति महिलाको क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । पत्रकारिता र वकालत पेसामा लामो समय काम गर्नुभएका मच्छे डेढ वर्षदेखि अमेरिकामा अध्ययनरत हुनुहुन्छ । नेपालमा हुदाँ उहाँ संचारिक समूह, रेडियो सगरमाथा लगायतका संचार संस्थामा कार्यरत हुनुहुन्थ्यो ।

 

के हो युएन परमानेट फोरमर ?
संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च ९युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु० विश्वभरका आदिवासी जनजाति समुदायको आवाज उठाउने उच्चस्तरीय मञ्च हो । यसको हरेक वर्ष हुने सभाले जनजातिहरूको सवाल पहिचान गर्नुका साथै विश्वका हरेक राष्टलाई आफ्नो सवाललाई सम्बोधन गर्न दबाब सृजना गर्दछ । यस पटक अप्रिल २४ बाट सुरु भएको १६ औँ सभाले युवा, महिला र अपांगता भएकाहरुको विषयलाई विशेष जोड दिएको छ ।

खासगरि सभामा आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट सघिय घोषणपत्रको १० औँ वर्षको अनुमोदनको अवस्था कार्यान्वयनको स्थिति, दिगो विकास लक्ष्य २०३०, आदिवासी जनजातिहरूको नविनतम जल्दाबल्दा मुद्धाहरु, संयुक्त राष्टसंघमा जनजातिको अर्थपूर्ण सहभागिता जस्ता विषयमा छलफल केन्द्रित रहेको छ ।

यी विषयहरूमा गरिएको छलफलबाट सभाको अन्तिम दिन मे ५ मा १६ औँ सभाको प्रतिवेदन जारी गर्नेछ । त्यही प्रतिवेदन तथा प्रतिबद्धताको आधारमा हरेक राज्यले आफ्नो नितिनियम, कानुन तथा योजना बनाउन र कार्यान्यवन गर्न दबाब सृजना गर्दछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement