Advertisement
Advertisement
Advertisement
Advertisement

महिला शसक्तिकरणका लागि ‘द असम वुमन’ को अभियान

  |      18:42:00   |  
महिला शसक्तिकरणका लागि ‘द असम वुमन’ को अभियान


काठमाडौं। आगामी फागुन २१ गते शनिबारका दिन वर्किङ एज एन्जल्स नामक संस्थाले सेन्टजेभियर कलेजको वार्टिन हलमा महिला सशक्तिकरण विषयक एक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा उपत्यकामा बसोबास गर्दै आएका कलेज पढ्ने युवतीलाई जीवन बुझ्न सजिलो होस् भन्ने उद्देश्यसहित संस्थाले नेपालका परिचित महिलाहरूसँग साक्षात्कार गराउन लागेको छ । नयाँ पुस्ताका युवतीहरू हरेक कुरामा अग्रसर हुन चाहने भए पनि उनीहरूलाई जीवन बुझाइका बारेमा धेरै थाहा नभएकाले उदाहरणीय महिलाहरूसँग भेट गराउँदा सकारात्मक सोच विकास हुने भएकाले संस्थाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

फागुन २१ मा हुन लागेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सफल महिलाहरूले आफ्नो संघर्ष एवं कार्य कुशलताका बारेमा बोल्नेछन् । कार्यक्रममा  बैंकर रविना देशराज श्रेष्ठ, विजनेस वुमन मिग्ना लामा,  प्रा.डा. अर्चना अमात्य,  सामाजिक अभियन्ता चरिमाया तामाङ तथा रक गायिका अभया सुब्बा गरी जम्मा ५ जना वक्ताहरूले बोल्ने छन् । अहिलेको पुस्तालाई जीवन बुझ्न सहज होस भनि संस्थाले यस्ता कार्यक्रमको थालनी गरेको द असम एन्जलकी उपाध्यक्ष प्रतिक्षा बस्नेत बताउँछिन् ।

 

के हो वर्किङ एज एन्जल 

महिला सशक्तीकरणका लागि जुटेको संस्था वर्किङ एन्जल सन् २०१६ नोभेम्बरबाट सुरू भएको यो संस्था स्थापनाकालदेखि नै उपत्यकामा विभिन्न महिलामैत्री कार्यक्रमहरू गर्दै आएको संस्था हो ।  २५ वर्षमुनिका ७ युवतीले सुरू गरेको यो संस्था महिला सशक्तीकरण, शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्यका लागि विशेष गरी समाजमा परिवर्तनकारी भूमिका निर्वाह गर्न अग्रसर संस्था मानिन्छ । द असम वुमन ७ विद्यार्थी युवतीले सुरु गरेको संस्था हो । यो संस्थामा अध्यक्ष सिवानी मानन्धर, उपाध्यक्ष प्रतीक्षा बस्नेत, बोर्ड सदस्यहरूमा सुप्रिया श्रेष्ठ, मायुष श्रेष्ठ, डोलमा शेर्पा र प्रिजनी मानन्धर रहेका छन् । विभिन्न विषयमा  स्नातक पूरा गरेका सकृय युवतीहरूको यो संस्था आफैमा पनि सशक्त र निपुण भएकै कारण छोटो समयमै उदाहरणीय काम गर्न सफल भएको छ । 

द असम वुमनले सामाजिक कार्यका साथै शिक्षा, महिला स्वास्थ्यका क्षेत्रमा सकृय भएर काम गरिरहेको छ । नेपालमा विभिन्न नामका संस्थाहरू संचालन भइरहेका भए पनि द असम वुमन हालसम्म फरक शैलीमा महिलाहरूका विषयमा काम गर्दै आइरहेको छ । आगामी दिनमा पनि महिला सशक्तीकरणका लागि निरन्तर लाग्ने संस्थाले योजना बनाएको छ । 

तस्विरहरू : प्रतिक्षा बस्नेत 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement