Advertisement
Advertisement
Advertisement
Advertisement

भारत : हिरासतमा हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड, अम्माले भनिन्, 'ईश्वरले एउटी आमाको पुकार सुने।'

  |      11:40:00   |  
बिबिसि
बिबिसि

साउन ११, काठमाडौ ।  भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ।

तेह्र वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी मृतकीकी आमाले त्यो फैसलाको स्वागत गरेकी छन्। प्रभावती अम्माले भनिन्, ईश्वरले एउटी आमाको पुकार सुने।

केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिकारीहरूले चोरीको आशङ्कामा समातिएका एक २६ वर्षीय युवकलाई ज्यान जाने गरी यातना दिएको ठहर गरेको हो। सो राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो अवसर हो।

अर्का प्रहरी अधिकारीलाई पनि सो घटनामा दोषी पाइएको थियो। तर फैसला आउनुअघि नै उनको निधन भयो। अदालतले अन्य दुई वरिष्ठ अधिकारीहरूलाई सो घटना ढाकछोप गर्ने खोजेको भन्दै तीन वर्ष कारावासको सजाय सुनाएको छ।

चोरी गरेको आशङ्का
त्रिवेन्द्रम नगरस्थित एउटा उद्यानमा उदयकुमार नाम गरेका २६ वर्षीय श्रमिकसँग भारु चार हजार फेला परेपछि सन् २००५ को सेप्टेम्बरमा उनलाई चोरी गरेको आशङ्कामा पक्राउ गरिएको थियो।

त्यो रकम लिएर प्रहरीले उनलाई छोडिदिएको भएपनि आफूले आमालाई ओणम पर्वमा उपहार दिने वचन दिएको भन्दै उदयकुमार जान मानेनन्। त्यही साँझ उनलाई अस्पतालमा मृत अवस्थामा पुर्‍याइएको बताइन्छ। शवपरीक्षण गर्दा उनको शरीरमा चिकित्सकहरूले गम्भीर यातना दिइँदा हुने आन्तरिक चोटहरू भेटेका थिए।

न्यायको प्रतीक्षा
बुधवार फैसला आएपछि प्रभावतीले भनिन्, उनीहरूले उसलाई १३ वर्षअघि ओणमका बेला मारे। अब उनीहरूको ओणम कारागारमा बित्छ। कुनै पनि अदालतले उनीहरूलाई क्षमा दिनेछैन।

ऊ काम गर्न गएको थियो। ऊ फर्किन्छ भनेर म रातभरि कुरेर बसेँ। मेरो न्यायको प्रतीक्षा अब सकियो। अरू पीडितले पनि चाँडै पाउँछन् भन्ने म अपेक्षा गर्छु।

न्यायाधीशले यो मृत्युदण्ड नै दिइनुपर्ने दुर्लभ मुद्धाु भएको भन्दै दोषी ठहर भएकाहरूले मृत्युदण्डको सजाय फेर्न गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन्। उनले भने, कानुन कार्यान्वयन गराउने व्यक्तिहरू धन र जीवनका रक्षक हुन्, मृत्युका व्यापारी हैनन्। उनीहरूले एउटा निर्दोष व्यक्तिलाई आफ्नो हिरासतमा मारे।

यस्ता घटनाले कानुन कार्यान्वयनप्रति सर्वसाधारणको विश्वास घटेको भन्दै कडा दण्डले यातना र हिरासतमा हुने मृत्युलाई दुरुत्साहन गर्ने उनको मत थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement