Advertisement
Advertisement
Advertisement
Advertisement

भारतकै पहिलो अन्तरङ्ग संयोजकु जो चलचित्रमा यौन दृश्य निर्देशन गर्छिन्

  |      13:32:00   |  
Web : Image
Web : Image

वैशाख ६, । हालै प्रकाशित पुस्तकमा उनले आफूलाई आफ्नो भित्री वस्त्रले प्रकाश मिलाउन अप्ठेरो परेकोले सो फुकाल्न निर्देशन दिँदा दर्शकले केही नदेख्नेु बताइएको लेखेकी छन्।

तर प्रहरीले सोधपुछ गरिरहँदा उनले आफ्नो खुट्टा फाटेको सो दृश्यमा पछि उनले र सारा विश्वले धेरै कुरा देखिएको थाहा पाए।

निर्देशन पल भेरहोभेनले स्टोनको दाबीलाई गलत भनेको छन् र उनलाई के गरिरहेछु भन्ने थाहा भएको बताउँदै उनले ढाँटेको बताएका छन्।

तर स्टोनले जे भयो त्यसले आफूलाई मर्माहत गरेको बताएकी छन्।

के यस्तो अवस्था नआउन दिन सकिन्थ्योरु

सजिलै, भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी अन्तरङ्ग संयोजक आस्था खन्ना भन्छिन्। म त्यहाँ भएको भए उनलाई छालाको रङ्गको भित्री वस्त्र लगाउन दिन्थेँ।

तर बेसिक इन्स्टिङ्टको दृश्याङ्कन गरिने सन् १९९० को दशकमा कलाकारलाई नग्न वा यौन दृश्यको बेला सहजीकरण गर्ने अन्तरङ्ग संयोजक भन्ने सुनिएको पनि थिएन।

तर सन् २०१७ को मीटू अभियानले चलचित्र उद्योगमा हुने यौन उत्पीडनका घटनालाई उजागर गरिदिए पछि आत्मीयता संयोजकको खोजी ह्वात्तै बढेको छ।

सन् २०१८ मा एचबीओले पहिलो पटक अन्तरङ्ग संयोजक राखेपछि नेटफ्लीक्स र अमेजनले पनि त्यसै गरे। विगतका महिनामा यो चलन भारत पनि आइपुगेको छ।

छब्बीस वर्षीया खन्नाका अनुसार यौन दृश्यमा आवश्यक यो कार्य द्वन्द्व निर्देशक वा नृत्य निर्देशकसँग तुलना गर्न मिल्छ।

जसरी द्वन्द्व निर्देशकले द्वन्द्वका दृश्यहरूलाई सुरक्षित बनाउँछन्, अन्तरङ्ग संयोजकले त्यसैगरी यौन, नग्नता वा यौन हिंसा भएका दृश्यहरूलाई सुरक्षित बनाउँछन्, खन्नाले मुम्बईबाट भनिन्।

उनका अनुसार अन्तरङ्ग संयोजकले निर्देशक र कलाकारबीच पुलको कार्य गर्छन्।

मेरो कार्य कुनै पनि कलाकार उत्पीडनमा पर्न नपरोस् भनेर निश्चित गर्ने र निर्माताको पनि सुरक्षा गर्ने हो ताकि कोही कलाकारले पाँच वर्षपछि आफूलाई नराम्रो अनुभव भएको भन्न नसकून्।

कलाकारहरूसँग खन्नाले सहमति र सीमाको कुरा गर्छिन्स र छायाङ्कनको समयमा वस्त्र र सामानहरूको व्यवस्था गर्छिन्।

उनको झोलामा यौनाङ्ग बचाउने सामान, वक्षस्थल छोप्ने सामान, टेपहरू र यौन दृश्यमा कलाकारका यौनाङ्गहरू छुन नदिने डुनोट तकिया हुन्छ।

अस्कर्स विजेता छोटो चलचित्रकी निर्मात्री मन्दाकिनी ककरले आफ्नो आगामी चलचित्रका लागि खन्नालाई अनुबन्ध गरेकी छन्।

आत्मीयतामा आधारित चलचित्र निर्माणको क्रममा रहेकी उनले मूलधारका भारतीय चलचित्रले पारिवारिक चलचित्र नहुने भन्दै चुम्बनसहित अन्य यौन र नग्नतालाई देखाउने धेरै रहर गरेका थिएनन्।

कडा सरकारी नियम र सेन्सर बोर्डको आँखाका कारण भारतीय चलचित्रहरूमा यौन दर्साउन दुई फूल जोडिएको वा चराहरूको चुम्बन, व्यक्तिको यौनेच्छा देखाउन दुई उम्लेको दृश्य र यौन कार्य दर्साउन भताभुङ्ग तन्ना देखाउने गरिएको थियो।

गत एक या दुई दशकमा चलचित्रमा चुम्बन सामान्य बन्दै गएको थियो। तर अहिले इन्टरनेटमा आधारित चलचित्रहरूको माग बढ्दै गएको अवस्थामा भारतीय चलचित्रमा यौन र नग्नता देखिन थालेको छ।

तर विशेषगरी नयाँ महिला कलाकारका लागि आत्मीय यौन दृश्यहरू गर्न गाह्रो हुने र उनीहरूलाई उत्पीडन हुनसक्ने अवस्था रहन्छ।

- बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement