Advertisement
Advertisement
Advertisement
Advertisement

बालिका हत्याका अभियुक्त हरियाणाबाट पक्राउ

  |      23:16:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ २, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन्। 

 

भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले हालै भारतको हरियाणाबाट पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पुर्‍याएको छ । 

 

प्रहरीसमक्ष ऐरी बालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका अयिभुक्तसहित घटनाबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले छिमेकमा खेल्न भनी गएकी बालिका विष्टलाई मादक पदार्थ सेवन गरेका अभियुक्त ऐरीले हत्या गरी राति नजिकैको खोलामा लगेर फालेको बताउनुभयो । 

 

ँशुरुमा विष्टका आफन्तले खोलामा मृतावस्थामा भेटिएको भनी प्रहरीमा उजुरी दिए ।” प्रहरी उपरीक्षक चन्दले भन्नुभयो– ँघटनास्थलको अनुसन्धान र शव परीक्षण रिपोर्ट हेर्दा हत्या भएको आशंकापछि हाम्रो गहन अनुसन्धान भयो र सफल पनि भयौँ ।” 

 

घटनाका बेला बालिकाको बगेर मृत्यु भएको हल्ला गरिएपनि शव परीक्षण रिपोर्टमा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको थियो । 

 

हत्या गरिएका बालिकाका परिवारले ल्याएको उजुरीअनुसार प्रहरीले अभियुक्त ऐरी पक्राउ गर्नुअघि नै थप दुईजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइसकेको थियो ।  रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement