असार ३२, काठमाडौं । सुप स्वास्थ्यका लागि धेरै फाईदाजनक हुन्छ । खाना खानु भन्दा केही अघि अलिकति सुप पिनाले भोक लगाउँछ र यसबाट अतिरिक्त पोषण पनि मिल्छ । खासगरी सबै अस्वस्थ हुँदामात्र सुप पिउने गर्छन । तर सुपलाई अनिवार्यरुपमा आफ्नो दैनिक उपभोगमा समावेश गरे धेरै फाईदा छन् ।
तातो सुप खानुका १० फाईदा
रुघाखोकी : वर्षा, चिसो र रुघाखोकीबाट बच्नका लागि तात्तातो सुप धेरै फाईदाजनक छ । यस बाहेक घाँटी खराब हुँदाको अवस्थामा कालो मरिच मिलाएको सुप पिनाले धेरै छिटो आराम मिल्छ।
कमजोरी हटाउँछ : शरीरमा कमजोरी महसुस हुँदा सुपको सेवन गर्नु ज्यादै फाईदाजनक हुन्छ । साथै प्रतिरक्षाप्रणालीलाई अझै मजबुत गर्नमा मद्वत गर्छ ।
पाचनका लागि सजिलो : सुपको सेवन बिरामीमा यसका लागि गरिन्छ किन कि यो सजिलै पचाउन सकिन्छ । र कुनै प्रकारको दुख दिदैन । यसले बिरामी पछि सुस्ताएको पाचनप्रणाली पनि व्यवस्थित तरिकाले काम गर्न थाल्छ ।
स्वाद बढाउँछ : यदि तपाईको मुखको स्वाद हराएको छ वा तपाईलाई हरेक चिज वेस्वादिलो लाग्दैछ भने सुप पिउनुहोस । यसले तपाइको स्वाद फिर्ता गर्छ । किन कि यसले स्वाद बढाउनमा मद्धत गर्छ ।
उर्जाका लागि : शारीरिक कमजोरीमा सुपको सेवनले उर्जा दिन्छ र पहिले भन्दा स्वस्थ महसुस गर्न सकिन्छ । बिस्तारै तपाईको उर्जाको स्तर बढ्दै जान्छ र तपाई स्वस्थ बन्नु हुन्छ ।
हाईड्रेशन : जब तपाई अस्वस्थ हुनुहुन्छ वा ज्वरोको बेला शरीर डिहाईड्रेट हुन्छ यस्तो बेला शरीरलाई हाईड्रेट राख्नका लागि सुपको सेवन गर्नु पर्छ । यसबाट शरीरमा पानीको मात्रा र पोषक तत्व दुवै प्रवेश हुन्छ ।
म्यूकसलाई पातलो गर्छ : कमजोर हुदा म्यूकस बाक्लो हुन जान्छ । जसका कारण भाईरसको खतरा बढ्न जान्छ । सुपको दिन प्रतिदिनको प्रयोगले म्यूकस पातलो हुन्छ जसले गर्दा संक्रमण हुदैन ।
कम तौल : यदि तपाई कम क्यालारी लिन मन पराउनु हुन्छ र छिटो तौल कम गर्न चाहानुहुन्छ भने सुप भन्दा राम्रो अरु केही हुन सक्दैन । यसमा तपाईलाई फाइवर र पोषक तत्व भुपुर मात्रामा पाइन्छ र क्यालोरी पनि कम हुन्छ । सुप पिनाले पेट पनि छिटो भरिन्छ र गहृौंपन पनि हुदैन ।
पौष्टिक : कुनै पनि सुप पौष्टिक तत्वले भरपुर हुन्छ । जुन सागपात र खाद्य पदार्थको सुप बने पनि त्यसको पौष्टिक तत्व सबै सुपमा हुन्छ । यस बाहेक कति प्रकारको पौष्टिक तत्वले भरिपूर्ण सुप भित्र बाटै बल प्रदान गर्ने काम गर्छ ।
भोक बढाउँछ : यदि तपाईलाई भोक लाग्दैन या कम लाग्छ भने सुप पिउनु धेरै राम्रो विकल्प हो । किन कि यसलाई पिई सके पछि बिस्तारै बिस्तारै भोक लाग्न थाल्छ । र खाना खान मन लाग्छ।