असोज ११, काठमाडौं । बजारमा खाद्यवस्तुदेखि पेय पदार्थ, बिस्कुट, कन्फेक्सनरी, बेकरी, स्न्याक्स लगायतका उत्पादन भित्र्याइसकेको बंगलादेशी प्रान ग्रुपले सेनेटरी प्याड र बालबच्चाका लागि डाइपर समेत नेपाली बजारमा भित्र्याएको छ ।
महिलाको स्वास्थ्यलाई ख्यालमा राखी प्रानले सन् २०१७ बाट स्टे सेफ नामको सेनेटरी प्याडको उत्पादन गर्दै आएकोमा नेपाली बजारमा समेत भित्र्याएको हो ।
यो उत्पादन नेपाली महिलाहरुको स्वास्थ्यका लागि अत्यन्तै उपयोगी र सुरक्षित रहेको प्रानको दाबी छ । महिनावारीको समयमा महिलाले स्टेसेफ (सेनेटरी प्याड) प्रयोग गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने तथा आफूलाई महिनावारी भएको समयमा सुरक्षित समेत महसुस गर्ने दाबी गरिएको छ ।
ग्रुपले उत्पादन गरेको सेनेटरी प्याडमा सुपर एब्जर्बमेन्ट पोलिमर, एन्टी लिक च्यानल्स रहेको छ । प्रान कम्पनीले हाल यो उत्पादन दक्षिण एशियाली देशहरुमा बिस्तार गरेकोमा नेपालमा सुदिन ईन्टरप्राईजेज मार्फत बजारमा ल्याएको हो ।
हाल स्टे सेफ नामको सेनेटरी प्याड भिन्न ३ प्रकारमा (नर्मल, अल्ट्रा र हेभी) साईजमा उपलब्ध छ । यसरी ३ प्रकारको साईजमा उपलब्ध सेनेटरी प्याडलाई महिलाहरुले आफ्नो स्वास्थ्य अनुकुल प्रयोग गर्न सक्नेछन् । यो प्याडमा एक्वीजिसन डिस्ट्रीब्यूसन लेयर समेत प्रयोग गरिएको छ ।
किडस्टार डायपर पनि बजारमा
यसैगरी प्रानले बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै किडस्टार बेबी डाइपर पनि नेपाली बजारमा भित्र्याएको छ ।
दक्षिण एशियाका बिभिन्न देशमा सन् २०१७ बाट नै प्रानको डाइपर उपलब्ध रहे पनि नेपालमा भने अहिले मात्र आएको हो । यो डाइपर प्रयोग गर्दा बालबालिकाको छालामा कुनै पनि संक्रमण नहुने कम्पनीको दाबी छ । किडस्टार डाइपर हाल भिन्न ४ साईज (स्मल, मिडियम, लार्ज, एक्ट्रालार्ज) उपलब्ध रहेको छ । यो डाइपर लामो समयसम्म प्रयोग गर्न सकिने विशेषता भएको रहेको बताइएको छ ।