Advertisement
Advertisement
Advertisement
Advertisement

पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

  |      13:28:00   |  
पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ ।

संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका दश स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दश हजार ४५८ जना किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत दश हजार ३८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा २३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

खोप अभियानमा ३१५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र ६२७ स्वयमसेवक परिचान हुनेछन् । पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र  दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय तहमा गरी अभियान सञ्चालन हुने तयारी भएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए ।
विद्यालय बाहिर रहेका किशोरीलाई स्वास्थ्य चौकीमा खोप केन्द्र बनाएर अभियानमा सहभागी बनाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने र त्यसका लागि विद्यालय र पालिकास्तरका स्वास्थ्य शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement