Advertisement
Advertisement
Advertisement
Advertisement

नुनले पेटको क्यान्सर बढाउँछ

  |      22:51:00   |  
नुन
नुन


काठमाडौं। भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपन मेटाउने प्रयास गर्दा कतिपयमा चर्को नुन खाने बानी नै बसिसकेको हुन्छ । त्यसरी बढी नुन खानु हानिकारक छ । नुनले पेटको क्यान्सर बढाउँछ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सर निम्त्याउन पर्याप्त मानिन्छ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूला शत्रु हुन् । ब्रेड, तारेको केराउको गेडा, बिर्को बन्द मासु तथा मासुको अचार आदिमा बढी नुन हुुन्छ जसको सेवनले हाम्रो शरीरमा नुनको मात्रा खतराको लेवलमा पुग्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरको एक अनुसन्धानअनुसार पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६ हजार ४ सय मानिसको ज्यान लिइरहेको छ । 

 

एक वयस्क व्यक्तिका लागि प्रतिदिन ६ ग्राम नुन पर्याप्त मानिन्छ । बालबालिका तथा किशोरहरूका निम्ति त त्यसको एक चौथाइ मात्र पनि पर्याप्त हुन्छ । नेपाली बजारमा उपलब्ध तयारी खाद्यपदार्थ एवं म:म, चाउमिन, चटामरी, पिज्जा आदिमा चर्को नुन हुन्छ । जसले पूरै दिनको नुनको मात्रा एकपटककै लञ्च वा डिनरबाट पूरा गर्छ । 

 

मुटु र मस्तिष्कको शत्रु हो नुन 
नुनले पेटको क्यान्सरका साथै हर्टएट्याक एवं ब्रेन स्ट्रोकको सम्भावना बढाउँछ । चिकित्सकहरूका अनुसार नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागी सन्तुलनमा मद्दत पुर्‍याउँछ । सबै रोगको जड नुन नै हो भन्ने तथ्य सत्य नभए पनि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाइन्छ, त्यसको सेवनले क्यान्सर बढाउन सहयोग पुर्‍याइरहेको हुन्छ । उच्च रक्तचाप एवं मुुटुका बिरामीका लागि चर्को नुनको सेवन विष मानिन्छ । त्यसैले चर्को नुन खाँदा आमाशय पोल्ने, घोच्ने आदि हुन्छ, जसको विकसित रूप पेटसम्बन्धी क्यान्सर हो । 

 

जापानमा करिब ४० हजार मानिसमा ११ वर्ष लामो समय लगाएर खानपिनसम्बन्धी अध्ययन गर्दा प्रतिदिन १२ देखि १५ ग्रामसम्म नुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर वृद्धि भएको पाइयो । यसबाट के सिद्ध हुन्छ भने जसले नुनिलो पदार्थ बढी सेवन गर्छन् र फलफूल तथा हरियो सागपातको सेवन कम गर्छन्, उनीहरूको पेटमा क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गडबडी देखा पर्न थाल्छ । चर्को नुन खाने मामिलामा महिलाभन्दा पुरुष अगाडि छन् ।

 

नुन कति खाने ? 
फुड स्टान्डर्ड एजेन्सी तथा युके हेल्थ डिपार्टमेन्टले तोकेको मापदण्डअनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरका निम्ति आवश्यक हुन्छ । १ देखि ६ वर्षसम्मका शिशुका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढ्दो उमेरका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त हुन्छ । एक चिम्टी नुन भनेको ० दशमलव २५ ग्राम हो । एक चम्चामा करिब ५ ग्राम नुन अटाउँछ । 

 

ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्यपदार्थमा कम नुन हाल्न फुड इन्डस्ट्रीहरूलाई आदेश जारी गरेको छ तर नेपालमा त्यस्तो कुनै नीति नभएकाले व्यवसायीहरूले मनलाग्दो ढंगले नुन हाल्ने गरेका छन् । नेपाली बजारमा उपलब्ध आलुचिप्स, भुजिया, पापड एवं अचारमा नुनको मात्रा बढी हुन्छ जसले हाम्रो शरीरलाई भित्र–भित्रै खोक्रो पारिरहेको छ । नुन कडा चाहिने तर पानी कम पिउने भएकाले नेपालका अधिकांश मानिसमा पेटसम्बन्धी रोग बढ्दै गएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement