Advertisement
Advertisement
Advertisement
Advertisement

द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउने द स्टोरी किचेनलाई एवार्ड

  |      18:45:00   |  
द स्टोरी किचेन
द स्टोरी किचेन

काठमाडौं । बिगतमा १० वर्षसम्म नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउन र उनीहरूलाई  सशक्तिकरण गर्न योगदान पुर्‍याएकोमा द स्टोरी किचेनले सन २०१६ को Tomorrow’s Peace building Award  जितेको छ ।

उक्त पुरस्कारका लागि लागि ६१ देशका २४४ संस्थाबीच प्रतिस्पर्धा भएको थियो । महिला नेतृत्वमा शान्ति स्थापना विधा अन्तर्गत  उक्त पुरस्कार जितेको द स्टोरी किचेनले जनाएको छ।

बेलायतमा आयोजित एक समारोहमा पुरस्कार ग्रहण गर्दै द स्टोरी किचेनका संस्थापक तथा अध्यक्ष जया लुईंटेलले सशस्त्र द्वन्द्वका बेला नेपाली महिलाले भोगेका हिंसा र अप्ठ्यारालाई सहि सम्बोधन नगरेसम्म महिलाले न्याय अनुभूत गर्न नसक्ने र दिगो शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । द स्टोरी किचेनले नेपालका १० वटा जिल्लामा सशस्त्र द्वन्द्वका बेला हिंसाबाट प्रभावित भएका महिलाहरुसँग काम गरिरहेको जनाएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा महिलाले भोगेका हिंसालाई अभिलेखीकरण गरी उनीहरूको शसक्तिकरणमा काम गरेको भन्दै बेलायत स्थित पिस डाइरेक्ट संस्थाका संस्थापक सदस्य डा. सिला एलवर्थीले १० हजार अमेरिकी डलर बराबरको यो पुरस्कार प्रदान गर्नुभएको थियो ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement