Advertisement
Advertisement
Advertisement
Advertisement

दर्दनाक कोरोना : एकै परिवारका ४ सदस्यको ८ दिनको अन्तरालमा मृत्यु

  |      12:16:00   |  
Web Image
Web Image

वैशाख १२, काठमाडौं । भारतमा यतिबेला कोरोनाको सुनामी आइरहेको छ। कोरोनाबाट हुने मृत्यु बढ्दो आँकडाले भारतमा संक्रमणले डरलाग्दो रुप लिएको देखिन्छ।

यस्तै एउटा खबरले भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको प्रस्ट हुन्छ। भारतको पुणेमा ८ दिनको अवधिमा कोरोना संक्रमणबाट एकै परिवारका ४ सदस्यको मृत्यु भएको छ। मृतकमा आमा–बुवा र दुई छोरा छन्।

यो परिवारमा सबैभन्दा पहिला ठूलो छोरा संक्रमित भएका थिए। त्यसपछि उनको स्वास्थ्यावस्था नाजुक बन्द गयो। छोरामा देखिएको संक्रमण आमा–बुवासम्म पुग्यो अनि फेरि भाइ पनि यसको चेपेटामा परे। भाइको पत्नीलाई कोरोना संक्रमण देखियो। विस्तारै यो ज्यानमारा कोरोनाकै कारण आमा–बुवासहित दुई छोरा अन्तिम सास लिए। 

यो घटना पुणेको हडपसर इलाकामा भएको हो। सबैजना एउटै घरमा बस्थे। मृतकमा लक्ष्मण, सुमन, श्यामसुन्दर र विजय कोचेकर छन्। एउटै अस्पतालमा शय्या अभाव भएपछि उनीहरुको छुट्टाछुटै अस्पतालमा उपचार भइरहेको थियो। विस्तारै सबैको अवस्था गम्भीर बन्यो र पालैपालो ज्यान गुमाए। 

चिकित्सकहरुका अनुसार सबैभन्दा पहिले आमा सुमनको ज्यान गएको थियो। त्यसपछि उनका पति लक्ष्मण र पछि दुवै छोरा श्यामसुन्दर र विजयको मृत्यु भएको छ। अहिले जीवित रहेकी विजयकी पत्नीको फोक्सोमा कोरोना कारण ५० प्रतिशत इन्फेक्सन देखिएको छ। 

भारतको पुणेमा रहेका अस्पतालमा हाल १६ हजार संक्रमितको उपचार भइरहेको छ। त्यहाा अहिलेसम्म ११ हजार ७९० जनाको मृत्यु भइसकेको छ। यो मृत्युदर १.५४ प्रतिशत हो। त्यहाँ संक्रमणमुक्त हुने दर ८५.११ प्रतिशत रहेको छ। – एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement