माघ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इतिहासमै पहिलोपटक उपकुलपतिका लागि महिलाको आवेदन परेको छ।आवेदन दिने अन्तिम म्याद यही माघ १० गतेसम्म उपकुलपतिका लागि ४३ जना प्राध्यापकले आवेदन दिएका छन्। जसमा २ जना महिला छन्। आवेदन दिनेमा प्राध्यापक डा. संगीता रायमाझी र प्राध्यापक डा. कुसुम शाक्य रहेका छन् ।
शिक्षा मन्त्री एवं सहकुलपति अशोक राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपकुलपति सिफारिस समितिले कार्यविधि बनाएर खुला रूपमा आवेदन मागेको थियो।
यसैगरी प्राध्यापकहरू भोजराज अर्याल, भीमसेन देवकोटा, प्रकाश घिमिरे, रामचन्द्र बस्नेत, एकराज ओझा, तिर्थराज खनिया, केदारनाथ घिमिरे, महेन्द्रप्रसाद शर्मा, विनोद पराजुली, देवबहादुर खड्का, कृष्णराज तिवारी, केशरजंग बराल, गोविन्द सुवेदी, राजकुमार पोखरेल, नवराज देवकोटा, बालमुकुन्द जोशी, रामप्रसाद रेग्मी, चित्रबहादुर बुढाथोकी, इन्द्रबहादुर कार्की, त्रिरत्न बज्रचार्य, प्रमोदकुमार झा, नन्दबहादुर सिंह, प्रकाश घिमिरेले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्।