Advertisement
Advertisement
Advertisement
Advertisement

तिते करेला खादा सबैलाई फाइदा

  |      10:34:00   |  
Bitter Gourd (तिते करेला)
Bitter Gourd (तिते करेला)

 

काठमाडौं। तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो ।

 

औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

 

तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

 

तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

 

तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ । तीते करेलाको फई मात्रै होइन वेफाईदा पनि छ । गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।

 

यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ । रक्तअल्पता ९एनिमिया० भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ । तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ।

 

तिते करेलाका १२ गुणका बारेमा चर्चा गर्दै छौं ।

 

१. श्वासप्रश्वास समस्यामा :
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगहिरलाई केहि राहत मिल्न सक्छ ।

२. लिभर टनिक :
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।

३. रोग प्रतिरोधक :
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

४. डण्डीफोरमा :
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

५. मधुमेह :
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

६. कब्जियतमा :
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

७. मिर्गौला र ब्लाडर :
यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।

८. मुटुको रोग :
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

९. क्यान्सरमा :
करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।

१०. तौल घटाउन :
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

११. छालाको समस्यामा :
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

१२. कपाल चम्काउन :
करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement