Advertisement
Advertisement
Advertisement
Advertisement

डाइटिङले गर्छ स्वास्थ्यमा असर

  |      16:04:00   |  
डाइटिङले गर्छ स्वास्थ्यमा असर

काठमाडौं । साइज जिरो फिगरप्रतिको चाहनाले महिलालाई डाइटिङ गर्न बाध्य बनाइरहेको छ तर स्लिम हुन गरिएको यस्तो प्रयासले स्वास्थ्यमा पर्ने प्रभावका सम्बन्धमा धेरैलाई जानकारी नहुनसक्छ। हालै गरिएको एक शोधअनुसार डाइटिङ गर्नाले शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन। जसको परिणाम आँखामुनि कालो घेरा देखिने, अनुहारको रंग फिक्का, हड्डी कमजोर तथा ब्लडप्रेसर कम हुने आदि समस्या देखा पर्छन्। डाइटिङ गर्दा शरीरमा मिनरल र भिटामिनको पनि कमी हुन्छ। त्यसैले केश झर्ने, दुईमुखे एवं सुख्खा हुनेजस्ता समस्या उत्पन्न हुन्छन्। नङ र छालाको रंग फिक्का हुनुको कारण पनि बन्न सक्छ डाइटिङ ।


स्मार्ट मुभ :  डाइटिङ गर्नु नराम्रो होइन तर विज्ञको परामर्श पहिलो आवश्यकता हो। डाइटिङको अर्थ खानपान पूर्णरूपमा बन्द गर्नु होइन। विज्ञको सल्लाह लिई दैनिक भोजनमा चिल्लो पदार्थ, हाइ प्रोटिन एवं फाइवरको मात्रालाई सन्तुलित गर्नु उपयुक्त डाइटिङ हुनसक्छ। यसो गर्दा स्लिमका साथै स्वस्थ रहन सकिन्छ।

तनावग्रस्त रहनु : घर तथा कार्यक्षेत्र दुवै ठाउँमा आफूलाई राम्रो साबित गर्ने चक्करमा प्रायः महिलाहरू तनावग्रस्त हुन्छन्। लामो समयसम्म तनावग्रस्त रहनाले डिप्रेसन, दम, हाइ ब्लडप्रेसर, मुटु रोग, क्यान्सर आदिको  समस्या देखा पर्न सक्छ। एक शोधअनुसार पिरियड्सका बेला तनावग्रस्त रहने महिलाहरू गर्भवती हुने सम्भावना कम हुँदै जान्छ साथै उनीहरू टाउको दुःखाइ, पेटको खराबी, हाइ ब्लडप्रेसर तथा हृदय रोगको सिकार हुन्छन्। त्यसबाहेक विस्तारै यौनेच्छामा पनि कमी हुँदै जान्छ।

स्मार्ट मुभ : यी समस्याबाट मुक्त हुन नियमित रूपमा एक्सरसाइज एवं सकारात्मक सोच विकसित गर्नुपर्छ। यसो गर्दा नयाँ ऊर्जा प्राप्त हुन्छ। भरसक सप्ताहान्तमा साथीहरूसँग बिदा मनाउन सकिन्छ। यसबाट फ्रेस र तनावमुक्त भइन्छ।

स्वयंलाई वास्ता नगर्नु : महिलाहरू आफ्नो घर(परिवार तथा अफिसको पूर्णरूपमा ख्याल राख्छन् तर उनीहरू आफू स्वयंको ख्याल राख्दैनन्। घर(परिवार र आफ्ना सन्तानको माग पूरा गर्न व्यस्त हुँदा उनीहरूले आफ्नो स्वास्थ्यलाई समय दिन पाउँदैनन्।

स्मार्ट मुभ : परिवारका साथै आफ्नो पनि ख्याल राख्नुपर्छ। आफ्ना लागि पनि समय निकाल्नुपर्छ। सन्तुलित भोजन खानुपर्छ, बिहान मर्निङ वाकमा जानुपर्छ वा घरमै एक्सरसाइज, योग आदिका लागि समय निकाल्नुपर्छ।

पर्याप्त निद्रा : अपर्याप्त निद्रा पनि अस्वस्थताका लागि जिम्मेवार हुन्छ र यसबाट प्रायः कामकाजी महिलाहरू पीडित हुन्छन्। हालै गरिएको एक शोधअनुसार पाँच घन्टाभन्दा कम सुत्नाले हाइपरटेन्सन र हृदय रोगको खतरा बढ्छ। पूरा निद्रा नहुँदा हार्मोनको सन्तुलन बिग्रन्छ। यसबाट भोक जाग्ने हुनाले बढी खाइन्छ परिणामस्वरूप तौल बढ्छ।

स्मार्ट मुभ : हार्मोन्सको स्तरलाई सन्तुलित राख्न दैनिक ६(८ घन्टा सुत्नुपर्छ। राम्र्रो स्वास्थ्यका लागि पर्याप्त निद्रा जरुरी छ। यसबाट पाचन शक्ति एवं स्मरण शक्ति दुवै ठीक रहन्छ।

इमोसनल इटिङ : पुरुषको तुलनामा महिलाहरू बढी इमोसनल हुन्छन् र आफ्नो भावनालाई नियन्त्रणमा राख्न कतिपय महिला खानाको सहायता लिन्छन्। यस्तोमा उनीहरू प्रायः गुलियो र बढी क्यालोरी भएका खानेकुरा खान्छन्, जसका कारण तौल बढ्छ र उनीहरू मुड स्वीङ, हाइ ब्लडप्रेसर एवं सुगर आदिको सिकार हुन्छन्।

स्मार्ट मुभ : इमोसनल इटर बन्नबाट जोगिनुपर्छ। जब आफूमाथि भावना हावी हुन पुग्छ तब खानाबाट ध्यान हटाउन स्वयंलाई घरको सरसफाइ, गीत(संगीत, अध्ययन आदिमा व्यस्त राख्नुपर्छ।

ड्रिङ्क गर्नु : करियरका साथै ड्रिङ्क गर्ने मामिलामा पनि महिलाहरू पुरुषभन्दा पछाडि छैनन्। यद्यपि बढी ड्रिङ्क गर्नाले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ। एक अध्ययनअनुसार बढी ड्रिङ्क गर्नाले महिलाहरूको मस्तिष्क प्रभावित हुन्छ जसले स्मरण शक्ति कमजोर हुन पुग्छ। यसैगरी गर्भावस्थामा ड्रिङ्क गर्नु पनि खतरनाक हुन्छ। यसबाट भ्रुणको विकासमा समस्या देखापर्नुका साथै शिशु पनि रोगी हुन्छन्।

स्मार्ट मुभ : स्वस्थ रहन ड्रिङ्क गर्ने बानीलाई छोड्नुपर्छ र स्मोकिङबाट पनि टाढा रहनुपर्छ।

गलत साइजको ब्रा : लगभग ७० प्रतिशत महिलाले गलत आकारको ब्रा लगाउने गरेको पाइन्छ। जसले गर्दा लुकका साथै स्वास्थ्यमा समेत असर पर्छ। गलत साइजको ब्राका कारण ब्याक, नेक, ब्रेस्टपेनको सम्भावना बढ्छ भने स्किन इरिटेसन, रक्त सञ्चारको समस्या तथा स्तन क्यान्सरको खतरा पनि हुन्छ।

स्मार्ट मुभ : ब्रा खरिद गर्नुअघि आफ्नो ब्रेस्टको नाप बुझ्नुपर्छ। गर्भवती भए एक साइज ठूलो ब्रा खरिद गर्नुपर्छ। जसले गर्दा ब्रेस्ट साइजसित एडजस्ट हुन सजिलो हुन्छ।

हाइहिलयुक्त फुटवेयर्स  : प्रायः महिलाहरू कन्पिmडेन्ट र इम्प्रेसिभ देखिन हाइहिल स्यान्डल लगाउँछन्। हाइहिल फुटवेयर्सले आत्मविश्वास बढाउने(नबढाउने कुरा एकातिर छ तर त्यसले स्वास्थ्यको ग्राफलाई भने अवश्य तल झार्छ। हाइहिल स्यान्डल लगाउँदा बडी पोस्चर प्रभावित हुन्छ। त्यसपछि घुँडा दुख्ने, ज्वाइन्ट पेन, खुट्टा सुन्निने, ब्याक पेन आदि समस्या देखा पर्छन्।

स्मार्ट मुभ : स्वास्थ्यसित सम्झौता गर्न चाहनुहुन्न भने डेढ इन्च वा त्यो भन्दा कम हिलयुक्त फुटवेयर्स लगाउनुपर्छ। यसबाट आफ्नो इच्छा पूरा हुन्छ र स्वास्थ्यलाई प्रतिकूल प्रभाव पनि पर्दैन।

हेभी ह्यान्ड ब्यागको प्रयोग : मोबाइल, वालेट, एसेसरिज, कस्मेटिक्स आदिलाई ह्यान्ड ब्यागमा एडजस्ट गर्ने चक्करमा महिलाहरू प्रायः ठूलो ब्याग छनोट गर्छन्। यसले ओवर साइज ब्याग कति खेर ओभर लोड हुन पुग्छ, थाहै हुँदैन। यस्तोमा पिठ्युँ, गर्दन र काँधमा पीडा हुने समस्या उत्पन्न हुन्छ। विस्तारै उक्त पीडाले ठूलै समस्या निम्त्याउन सक्छ।

स्मार्ट मुभ : प्लस साइजको साटो सानो साइजको ह्यान्ड ब्याग प्रयोग गर्नुपर्छ। ओवर साइजको ब्याग प्रयोग गर्दा पनि त्यसमा थोरै सामान राख्ने प्रयास गर्नुपर्छ।

मेकअप नउतारी सुत्नु : कतिपय महिला राति अबेरसम्म हुने पार्टीबाट घर फर्किएपछि थकानका कारण मेकअप नपखाली सुत्छन्। जसले गर्दा मुहारको सुन्दरता बिग्रन्छ। राति मेकअप नहटाई सुत्नाले दिनभरि जमेको चिल्लो, धूलो, माटो आदि छालामा टाँसिन्छ। जसबाट रोमछिद्र बन्द हुन्छन् र छालाले खुलेर श्वास लिन सक्दैन। नतिजा डन्डीफोरको समस्या उत्पन्न हुन्छ। मस्कारा र आइ मेकअपबाट आँखाको पोल्न सक्छ।

स्मार्ट मुभ : पार्टीबाट फर्किएपछि मेकअप रिमुवरबाट मेकअप हटाउनुपर्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement