Advertisement
Advertisement
Advertisement
Advertisement

झरीको मेकअप

  |      23:21:00   |  
झरीको मेकअप

असार २०, काठमाडौं। मनसुनको रिमझिमसँगै आफ्नो सौन्दर्य स्याहारमा ध्यान दिनुपर्छ । त्यसका लागि मौसम सुहाउँदो मेकअप गर्नुपर्छ :
 

वाटर प्रुफ मेकअप
वाटर प्रुफ मेकअप यो मौसममा सुहाउँदो हुन्छ । वाटर प्रुफ नभए मेकअप चाँडै बग्नुका साथै रोमछिद्र खुल्ला हुनाले छालामा मैलो जम्ने, पिम्पल, एक्ने देखिने सम्भावना बढ्छ । मेकअप गर्नुअघि आफ्नो छालाको प्रकृति थाहा पाउनुपर्छ ।
तैलीय छालामा मेकअप गर्नुपूर्व छालालाई सही तरिकाले सफा गर्नुपर्छ । छाला सफा गर्न क्रिम बेस क्लिन्जर प्रयोग गर्नुहुँदैन । वाटर बेस क्लिन्जरको प्रयोग उपयुक्त हुन्छ । क्लिन्जरले मुहारका साथै घाँटीमा पनि पुछ्नुपर्छ । त्यसपछि मुहारमा भएको दाग–धब्बालाई कन्सिलर प्रयोग गरी कन्सिल गर्नुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुपर्छ । फाउन्डेसन केक बेस हुनुपर्छ, लिक्विड बेस उचित हुँदैन । फाउन्डेसनको बेस पातलो रहनुपर्छ ।
 

राम्रो परिणामका लागि
लाइनर तथा मस्काराका लागि पनि वाटर प्रुफ पेन्सिल प्रयोग गर्नुपर्छ । यसले पसिना वा वर्षाका कारण मेकअप फैलने डर रहँदैन । आँखा ठूलो छ भने पातलो र आँखा सानो छ भने मोटो लाइनर लगाउनुपर्छ । मनसुनको आइस्याडो लिक्विड बेस हुनु हुँदैन । हल्का कलरको पाउडर आइस्याडो नै प्रयोग गर्नुपर्छ । यसको पनि पातलो कोट लगाउनुपर्छ । लिपिस्टिक लगाउनुअघि आउट लाइन बनाए परिणाम राम्रो आउँछ । लिपिस्टिक ब्रस तथा स्टिकर विन्दीको प्रयोग उपयुक्त हुन्छ । कुन्दन वा नग भएको डेकोरेटेड बिन्दी पनि लगाउन सकिन्छ ।
मनसुनमा लाइट एवं मेट फिनिस मेकअप नै सुहाउँछ, ग्लसी वा सिमरी मेकअप गर्नुहुँदैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement