Advertisement
Advertisement
Advertisement
Advertisement

ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थाले

  |      13:56:00   |  
ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थाले

नवलपरासी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् । 

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका हुन् । 

जिल्लाको दक्षिणी भेगका महिला घरमै सुत्केरी हुने गरेकामा अहिले तराई भेगका ९२ प्रतिशत महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, नवलपरासीले जनाएको छ । विशेष गरी महिला आफ्नो पायक पर्ने सरकारी र निजी स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेको पाइएको छ । 

घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

तराई भेगका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको पहुँच रहे पनि जिल्लाको पहाडीक्षेत्रका हुप्सेकोट र बुलिङ्टार गरी दुई गाउँपालिका ९साविक १३ गाविसमा० रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीलाई धेरै समस्या झेल्नु परेका छन् । 

त्यस क्षेत्रका अधिकांश स्वास्थ्य चौकी तल्लो तहका कर्मचारी वा कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । बिरामीले गाउँमै स्वास्थ्य सेवा पाउन नसकेपछि स्थानीयवासी कावासोती, गैँडाकोट, चितवनलगायतका स्थानमा उपचार गराउन जान बाध्य छन् । रासस (राष्ट्रिय समाचार समिति)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement