Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती महिलाका नौ महिना, हरेक दिन चुनौतीपूर्ण !

  |      12:03:00   |  
गर्भवती महिलाका नौ महिना, हरेक दिन चुनौतीपूर्ण !

काठमाडौं। गर्भवती महिलाका लागि हरेक दिन चुनौतीपूर्ण हुन्छ । गर्भवती भएपछि जति–जति दिन बित्दै जान्छन् उति नै द्विविधा पनि बढ्दै जान्छ । यो क्रम त्यो दिनसम्म चल्छ, जबसम्म डेलिभरी हुँदैन । आमा बन्नु आफैमा एउटा ठूलो जिम्मेवारीपूर्ण काम हो । अत: गर्भवती महिलाले हरेक महिना कति द्विविधाको सामना गर्नुपर्छ ? जानकारी लिऊँ । 

पहिलो महिना 
प्रेग्नेन्सी टेस्ट कीटबाट जाँच गरेर प्रेग्नेन्सी भएको निश्चित भैसकेपछि खानपानदेखि दिनचर्यामा परिवर्तन गर्नुपर्छ । यो महिनादेखि महिलाको महिनावारी बन्द हुन्छ । यस्तो अवस्थामा गर्‍हुँगो भारी उठाउन एवं कडा श्रम गर्न कठिन हुन्छ । 

दोस्रो महिना
दोस्रो महिना आफ्नो छालाको रंग बदलिँदै जान्छ । प्रेग्नेन्सीको दोस्रो महिना भ्रूणको शरीरको केही अङ्ग विकास हुन्छ । यो महिना शिशुको टाउको र खुट्टाको स्थिति पनि पत्ता लाग्छ । त्यसैले प्रोटिन एवं क्याल्सियमयुक्त खानेकुरा बढी खानुपर्छ । 

तेस्रो महिना 
तेस्रो महिना भ्रूणको हड्डीको विकास हुन थाल्छ । शिशुको कान र बाहिरी अङ्ग निर्माण हुन्छ । यस्तो अवस्थामा गर्भवतीले १५ देखि २० मिनेटसम्म घाममा बस्नु आवश्यक छ । 

चौथो महिना 
चौथो महिना शिशुको हार्मोन निर्माण हुन थाल्छ भने उसको शरीरबाट एमनियोटिक द्रव निस्कन थाल्छ । यतिबेला उसको तौल लगभग ८५ ग्रामसम्म हुन्छ । यदि व्यायाम गर्ने बानी छ भने विज्ञको परामर्श लिनु आवश्यक हुन्छ । 

पाँचौं महिना 
पाँचौं महिना शिशु तीव्र रूपमा बढ्छ । यस क्रममा शिशुको लम्बाइ लगभग २५ सेन्टिमिटर हुन्छ । पाँचौं महिना शिशुका हात–खुट्टा एवं औंला आदिको विकास हुन्छ । 

छैठौं महिना 
यो महिना विशेष ध्यान दिनु जरुरी हुन्छ । यो महिना प्रिम्याचुअर डेलिभरी हुने सम्भावना हुन्छ । यो समयमा शिशुको आँखाको विकास हुन्छ । 

सातौं महिना 
फिटल किक बढी महसुस हुन्छ । परिणामस्वरूप प्रेग्नेन्ट महिलाको सुत्ने तालिका प्रभावित हुन सक्छ । गर्भको शिशुले आफ्नो पाचन तन्त्र एवं श्वासको गति महसुस गर्न सक्छ । कुनै शिशु यतिबेला पनि जन्मन सक्छ, तर उसको विशेष हेरचाह आवश्यक हुन्छ । 

आठौं महिना 
शिशु अब कुनै पनि समय नयाँ दुनियाँमा प्रवेश गर्न सक्छ । यद्यपि उसले जति समय गर्भमा बिताउँछ, उसको स्वास्थ्यका लागि उति नै राम्रो हुन्छ । अब शिशुको पूरा विकास भैसकेको छ । 

नवौं महिना 
चिकित्सकले प्रसवको दिन बताइसकेका हुनसक्छन् । शिशु कुनै पनि समय यो दुनियाँमा पाइला राख्न सक्छ । यो खुसीसँगै खतराको समय पनि हो । यतिबेला शिशुको तौल ७ पाउन्डसम्म हुन सक्छ । नवौंं महिनामा हरेक समय चिकित्सकको सम्पर्कमा रहनुपर्छ अनि बढीभन्दा बढी आराम गर्नुपर्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement