Advertisement
Advertisement
Advertisement
Advertisement

क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा

  |      10:30:00   |  
वेब तस्विर
वेब तस्विर

झापा ।चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । 

जिल्लामा आर्थिक वर्ष २०६७/०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३/०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । 

 

त्यस्तै, आव २०६९/०७० मा ९२ जना र आव २०७०/०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले प्रमाणसहित आएका सबै क्यान्सर रोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरिएको बताए । 

 

यस्तै, कार्यालयले गत आव २०७३/०७४ मा ६६५ जना दीर्घरोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरेको छ, जसमा क्यान्सरका ३१२ जना, मुटुका १९५, मिर्गौलाका १४२, स्पाइनल इन्जुरी छ, पार्किन्सन्स् चार, हेड इन्जुरीका पाँच र सिकलसेल एनिमियाका एकजना बिरामी रहेको कार्यालयका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए । 

मेची अञ्चल अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरले पछिल्लो समयमा सुर्तीजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण बन्दै गएको बताए । ँहामीले खाने खानामा विषादी त छँदैछ”, उनले भने ँत्यसमाथि चुरोट, गुट्खा, खैनी थपिएपछि रोग त लाग्ने नै भयो ।” 

 

खानपानमा सुधार गरेर नियमित व्यायाम गरे जटिल तथा दीर्घरोगबाट बच्न सकिने उहाँले सुझाउनुभयो । ँस्वास्थ्य नै प्रमुख हुने भएकाले स्वास्थ्यलाई ध्यानमा राखेर दैनिक जीवन सञ्चालन गर्नुपर्छ”, उनले भने, ँखानेकुराले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आफूले खाने खानाको फाइदा–बेफाइदाबारे बुझेमात्र पनि पुग्छ, अरु केही गर्नुपर्दैन ।” 

 

सरकारले आर्थिक अभावका कारण कुनै पनि नागरिकको मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर, मुटुरोग, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका जटिल रोगको निःशुल्क उपचारको घोषणा गरेको छ । सोहीअनुरुप जिल्ला जनस्वास्थ्य कार्यालयले त्यस्ता बिरामीको उपचारका लागि सिफारिश गर्दै आएको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement